हुम्लाबाहेक देशभर डेंगी रोगको सङ्क्रमण देखिएको छ । डेंगी सङ्क्रमणको जोखिम असोज महिनाभर हुने बताइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले असोजम्म पानी पर्ने भएकाले डेंगीको जोखिम हुने बताएका छन् । 'साधारणतया डेंगी सङ्क्रमण जेठदेखि असोजसम्म हुने गर्दछ,' उनले भने, 'त्यसपछि जाडो याम...