काठमाडौं : नेपालमा डेंगी रोगका बिरामी बढ्दै गएका छन्। देशभर ५४० जना डेंगी संक्रमित थपिएका छन्।
साउनदेखि हालसम्म २८ हजार १०९ जना सम्भावित डेंगी रोगका बिरामी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
हाल देशको सातै प्रदेशका ७६ जिल्लामा डेंगी फैलिएको छ। डेंगीका कारण हालसम्म ३८ जनाको मृत्यु भएको मन्त्रालयले…