सर्लाही बलराको मेयर, उपमेयर नै माओवादीले जित्यो

जनकपुरधाम । सर्लाहीको बलरा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरिएको मतपरिणाम अनुसार मेयरमा रामशंकर प्रसाद कुशवाहा ४ हजार ६४३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी लोसपाका अभयकुमार सिंहले ३ हजार ६३१ मत पाए । यस्तै उपमेयरमा कोशीला देवी निर्वाचित भएकी छन् […]

सम्बन्धित सामग्री

सर्लाहीको बलरामा माओवादीले जित्यो, अधिकांश वडामा कांग्रेस

जनकपुरधाम – सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा रामाशंकर प्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी विजयी भएकी हुन् । कुशवाहाले मेयरमा ४६४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अभय कुमार सिंहले ३६३१ मत ल्याए । यस्तै उपमेयरमा कोशिलाले ४३५१ मत ल्याएर विजयी […]

सल्यानको बागचौरमा काँग्रेस एमालेलाई पछि पार्दै माओवादी अग्रता

सल्यानको बागचौर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेलाई पछि पार्दै नेकपा माओवादीले अग्रता लिएको छ । कुल एक सय मत गणना गर्दा काँग्रेस र एमालेलाई पछि पार्दै माओवादीले अग्रता लिएको हो ।मेयरमा माओवादीका कृतिबहादुर पुन ५२ उपमेयर समनिमा डिसीले ५५ मत ल्याएकी छिन् ।यस्तै काँग्रेसका मेयर जनकराज गौतमले ३५ मत उपमेयर दिपा बस्नेतले ३५ मत र एमालेले मेयर तिलक मल्लले १२ र उपमेयर भक्तकुमारी विएम केसीले ९ मत ल्याएकी छिन् ।

वालिङमा माओवादीले गर्‍यो कांग्रेसका उम्मेदवारलाई समर्थन

२८ वैशाख, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा माओवादी केन्द्रले नेपाली कांग्रेसका मेयर र उपमेयरका उम्मेदवारहरुलाई समर्थन गर्ने भएको छ । गठबन्धनबीच भएको सहमतिका आधारमा माओवादी केन्द्रले कांग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार दिलिपप्रताप खाँण र उपमेयर पदका उम्मेदवार कविता तिवारी गैह्रेलाई समर्थन गर्ने निर्णय गरेको हो । सत्ता गठबन्धनका दलका नेताहरुले मंगलबार बेलुकी वालिङमा पत्रकार सम्मेलन […]

लालबन्दीमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

१६ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् । माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल गर्ने भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् । दुवै पार्टीले मेयर र […]

महालक्ष्मी नगरपालिकामा माओवादीलाई मेयर, काँग्रेसलाई उपमेयर

काठमाडौं, ११ वैशाख । महालक्ष्मी नगरपालिका ललितपुरबाट गठबन्धनमा तालमेल मिलेको छ । महालक्ष्मी नगरपालिकाबाट माओवादी केन्द्रबाट मेयर र काँग्रेसबाट उपमेयरमा उम्मेदवारी दिने सहमति बनेको छ । आज काँग्रेस र माओवादीले तालमेलको सहमति गरेका हुन् । गोदावरी नगरपालिकाबाट काँग्रेसले मेयर र उपमेयर दुवै पाउने सहमति बनेको छ । कोञ्ज्योसोम गाउँपालिकामा माओवादीका अध्यक्ष र काँग्रेसका उपाध्यक्ष, बागमती […]

बर्दियाको बासगढीमा माओवादी र एकीकृत समाजवादीबीच तालमेल

बर्दियाको बासगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएको छ । मेयर उपमेयर माओवादीलाई दिएर एकीकृत समाजवादीले वडामा मात्रै लिई चुनावी तालमेल भएको छ।माओवादीले मेयर उपमेयर सहित ७ वडा अध्यक्ष लिने भएको छ । एकीकृत समाजवादीले २ वडा अध्यक्ष सहित केही सदस्यहरु लिएको छ । माओवादीले मेयरमा भुवनकुमार थारु र उपमेयरमा भूमि विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थारु पार्टीको बर्दिया जिल्ला संयोजक हुन् भने विक पार्टीको लुम्बिनी प्रदेश सदस्य हुन् ।यसअघि मेयर उपमेयर

माओवादीले टुङ्ग्यायो महानगर र उपमहानगरका उम्मेदवार

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रले महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाएको छ । महानगरमा मेयर र उपमेयर १/१  जना सहित उपमहानगरमा मेयर र उपमेयर २/२ जना भागबण्डामा पाएको थियो । माओवादीको भागबण्डामा परेको भरतपुर महानगर मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ । ललितपुर महानगरको उप मेयरमा बाबुराज बज्राचार्यलाई उम्मेदवार बनाएको छ । यस्तै उक्त पार्टीले जीतपुर सिमरा उपमहानगरको मेयरमा राजन पौडेल र घोराही उपमहानगर मेयरमा हेमराज शर्मालाई उम्मेदवार बनाएको छ ।धनगढी उपमहानगरको उप

घोराहीमा कांग्रेसको प्रस्ताव : मेयर हामी लिन्छौं, माओवादीले उपमेयर लेओस्

३० चैत, दाङ । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिकाको नेतृत्व नछाड्ने अडान लिएको छ । २०७४ चुनावमा दोस्रो भएका कारण अहिले गठबन्धन बन्दा पनि आफूहरूले मेयर पाउनुपर्ने कांग्रेस नेताहरूको अडान छ । कांग्रेसमा मेयरको उम्मेदवारका लागि पाँच जना आकांक्षी छन्, राजु खनाल, भूपबहादुर डाँगी, जानकी बस्नेत, कमल किशोर घिमिरे र शंकर डाँगी । खनाल संविधानसभाका पूर्वसदस्य […]

काठमाडौं र ललितपुर महानगरमा माओवादीले मेयर दाबी नगर्ने, उपमेयर नछाड्ने

३० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले राजधानी काठमाडौंका दुई महानगरमा मेयर दाबी नगर्ने भएको छ । मेयरमा दाबी नगरेपछि उपमेयर भने नछाड्ने माओवादी केन्द्रका नेताहरु बताउछन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले गठबन्धनमा पहिले जितेको ठाउँमा सम्बन्धित दलले नै लिने सहमति भएकाले आफूहरुले मेयरमा दावी नगर्ने बताए । ‘गठबन्धनको बैठकमा पहिले जितेको […]

माओवादीले सिफारिस गर्यो मेलम्ची नगरपालिका मेयर र उपमेयर

नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका मेयर र उपमेयरका उम्मेदवारका लागि सिफारिस गरेको छ । मेलम्ची नगरपालिका मेयर र उपमेयर ३/३ जनाको नाम सिफारिस भएको केन्द्रीय सदस्य युवराज दुलालले बताए । सोमबार बसेको नगरपालिकाको बैठकले सर्वसम्मत रुपमा उम्मेदवार चयन गर्न नसकेपछि ३/३ जनाको नाम सिफारिस गरिएको हो ।दुलालका अनुसार मेयरका लागि चन्द्रबहादुर थापा, देबेन्द्र घोरासैनी र उदन आलेको नाम सिफारिस भएको छ। यस्तै उपमेयरमा मुनादेवी ढकाल, लक्ष्मी ढकाल, मिथिला सिग्देलको नाम सिफारिस भएको दुलालले बता