बर्दियाको बासगढी नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल भएको छ । मेयर उपमेयर माओवादीलाई दिएर एकीकृत समाजवादीले वडामा मात्रै लिई चुनावी तालमेल भएको छ।माओवादीले मेयर उपमेयर सहित ७ वडा अध्यक्ष लिने भएको छ । एकीकृत समाजवादीले २ वडा अध्यक्ष सहित केही सदस्यहरु लिएको छ । माओवादीले मेयरमा भुवनकुमार थारु र उपमेयरमा भूमि विकलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थारु पार्टीको बर्दिया जिल्ला संयोजक हुन् भने विक पार्टीको लुम्बिनी प्रदेश सदस्य हुन् ।यसअघि मेयर उपमेयर