दाङ : तुलसीपुर उपमहानगरपालिका १० को केन्द्र ‘ग’ मा पुन : मतदान सुरू

दाङ  – दाङको  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पातुबनगाउँ मावि ‘ग’ मा स्थगित भएको मतदान पुन : सुरु भएको छ ।  प्रतिनिधि सभाको साटो प्रदेश सभाको मतपत्र दिएर पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो । दाङ क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत बदर गरी मतदान पुन : सुरू गरिएको छ । अधिर्कत न्यौपानेका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि मतदान कार्य रोकिएको थियो । कर्मचारीको असावधानीक...

सम्बन्धित सामग्री

दाङ उपत्यकाका ४ वटा क्रसर तथा बालुवा प्रशोधन बन्द गर्ने निर्णय

दाङ : जिल्ला अनुगमन समितिले दाङ उपत्यकाका ४ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्ने निर्णय गरेको छ। मापदण्ड र कानुनविपरीत सञ्चालनमा आएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको हो।जिल्ला अनुगमन समितिको संयोजकत्वमा गठित समितिका सदस्यसहितको टोलीले दाङ उपत्यकामा सञ्चालनमा रहेका १० वटा क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरी ४ वटालाई तत्काल बन्द गर्न पत्राचार गर्ने निर्णय गरेको हो।तुलसीपुर उपमहानगरपालिका-१९ ग्वारखोलास्थित जनविश्वास कंक्रिट उद्योग, तुलसीपुर उपमहानगरपालिका ४ हलव

दाङ तुलसीपुरको पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने

४ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ । ‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि मतदान रोकिएको थियो । त्यसपछि बुझ्ने क्रममा कर्मचारीहरुले प्रतिनिधिसभाको मतपत्र नदिएर प्रदेशसभाको मात्र दिएको पत्ता लागेको थियो । […]

पहिराे हटाएपछि दाङ–सल्यान सडक खण्ड खुल्याे

दाङ – पहिरो हटाएपछि दाङ–सल्यान सडक खण्ड खुलेकाे छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ साततलेमा झरेको पहिरो एक्स्काभेटरले पन्छाएपछि सडक खण्ड दिउँसोदेखि सञ्चालनमा आएकाे हाे ।  पहिरो पन्छाएसँगै दाङ–सल्यान–रुकुम र पश्चिम रोल्पा चल्ने गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  दाङको घोराही–रोल्पाको होलेरी सडक खण्ड भने अझै खुलेको छैन । शहीद मार्ग अन्तर्गत घोराहीदेखि होलेरी जोड्ने सडक खण्डमा दाङको दुई खोली प्रहरी चौकीभन्दा केही उत्तरतर्फ मोडम...

तुलसीपुर उपमहानगरपालिका-१७ मा खस्यो ४ हजार ३३९ मत

दाङ : तुलसीपुर उपमहानगरपालिका-१७ मा ४ हजार ३३९ मत खसेको छ। उक्त वडामा ६ हजार १७० मतदाता थिए। वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैसाख ३० गते स्थगित भएको तुलसीपुर-१७ मा मंगलबार शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ।मतदान स्थलमा ज्येष्ठ नागरिक, शारीरिक रुपमा अशक्त, बिरामी तथा सुत्केरीहरूलाई बिना लाइन मतदानको व्यवस्था गरिएको थियो। दिनभर वडाका दुई वटा बुथमा वडाध्यक्षका उम्मेदवार मात्र नभएर सबै राजनीतिक दलका मेयर तथा उपमेयरका उम्मेदवारहरू तथा जिल्लाका अन्य वडाका राजनीतिकर्मी

तुलसीपुर उपमहानगरपालिका–१७ : बुबाकाे ज्यान गएपछि छाेराकाे उम्मेदवारी दर्ता

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ को अध्यक्षका उम्मेदवार स्वर्गीय लबरु चौधरीका छोरा प्रदीप चौधरीले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ । चौधरीले आज बुधवार दिउँसो मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।  अध्यक्ष पदका उम्मेदवार लबरु चौधरीको हिजाे मङ्गलवार उपचारका क्रममा ज्यान गएपछि उहाँका छोरा प्रदीपलाई एमालेले उम्मेदवार बनाएको हो । भोलि बिहीवार बेलुका ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने भएको छ । ज्यान गुमाएका उम्मेदवारबाहेक अरू उम्मेदवारको यसअघि...

तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियो

१३ वैशाख, दाङ । विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटिएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार उपमहानगरले ४ महिना यताको विद्युत महशुल बुझाएको छैन । केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार तुससीपुर उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको […]

आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट

दाङ – आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट भएको छ । नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति सङ्घले उत्कृष्ट सूचीमा राखेको हो ।  आज आइतवार ४४ औँ नेपाल नेत्रज्योति दिवसका अवसरमा अन्धोपन निवारणमा देशभरमा उत्कृष्ट काम गरेको भन्दै उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई काठमाण्डौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सम्मान गर्नुभएको हो । उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति सङ्घ दाङको साझेदारीमा तीन सय जनाभ...

तरकारीखेतीबाट आत्मनिर्भर बन्दै दाङ धम्कापुरका थारु महिला

२२ फागुन, दाङ । तुलसीपुर उपमहानगरपालिका–१५ स्थित धम्कापुरका थारू महिला व्यावसायिक रुपमा तरकारीखेती गरेर आत्मनिर्भर बन्दै गएका छन् । तीमध्येकी एक हुन् ४२ वर्षीया स्यानी चौधरी । उनले व्यावसायिक रुपमा धनियाँखेती गरेर आत्मनिर्भर बन्नुका साथै आफूलाई सफल महिला किसानको रुपमा चिनाएकी छन् । आफूले उत्पादन गरेको धनियाँ बिक्री गर्न सधैं एकाबिहानै छिटुवामा बोकेर तुलसीपुरका घरघर […]

दाङ र बाँकेबाट लागु औषधसहित ३ जना पक्राउ

प्रहरीले दाङ र बाँकेबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने ३३ वर्षीय भुपलाल विक, नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत आली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् । उनीहरुलाई जिल्लाका छुट्टाछुटै स्थानबाट पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।विकलाई आफ्नै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।यता बाँकेका अलि र

दाङ र मकवानपुरमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

दाङ : कोरोना संक्रमणका कारण दाङ र मकवानपुरमा शुक्रबार थप तीन जनाको मृत्यु भएको छ। दाङमा दुई र मकवानपुरमा एक जनाको मृत्यु भएको हो। दाङमा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ का ७९ वर्षीय पुरुष र गढवा गाउँपालिका–६ घर भइ लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय विद्यार्थी छन्। ७९ वर्षीय वृद्धको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो। बिहीबार स्वाब संकलन गरिएका बृद्धको शुक्रबार रिपोर्ट आएको केही बेरमै मृत्यु भ