दाङ तुलसीपुरको पातु वनगाउँ माविमा बेलुका ७ बजेसम्म मतदान हुने

४ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर ३ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१० पातु वनगाउँ मावि मतदान स्थलमा बेलुका सात बजेसम्म मतदान हुने भएको छ । ‘ग’ मतदान केन्द्रमा ४५ जनाले मतदान गरिसकेपछि प्रतिनिधिसभामा मत नै नखसेको पत्ता लागेपछि मतदान रोकिएको थियो । त्यसपछि बुझ्ने क्रममा कर्मचारीहरुले प्रतिनिधिसभाको मतपत्र नदिएर प्रदेशसभाको मात्र दिएको पत्ता लागेको थियो । […]

सम्बन्धित सामग्री

तुलसीपुरमा रोकिएको मतदान पुन: सुचारु

दाङ : तुलसीपुर उपमहानगरपालिका-१० स्थित पातुबनगाउँ मावि ‘ग’ मतदान केन्द्रको मतदान पुनः सुरू भएको छ। प्रतिनिधिसभाको नदिएर प्रदेश सभाको मात्रै पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो।पहिले खसेका ९१ वटा मत नै बदर गरि पुनः मतदान सुरु गरिएको दाङ क्षेत्र नं। ३ का निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिए। उनका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि मतदान कार्य रोकिएको थियो।कर्मचारीको असावधानीका कारण यस्तो समस्या देखिएको छ। सोही मतदान केन्द्रमा ७ सय ६८

दाङ : तुलसीपुर उपमहानगरपालिका १० को केन्द्र ‘ग’ मा पुन : मतदान सुरू

दाङ  – दाङको  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० मा रहेको पातुबनगाउँ मावि ‘ग’ मा स्थगित भएको मतदान पुन : सुरु भएको छ ।  प्रतिनिधि सभाको साटो प्रदेश सभाको मतपत्र दिएर पठाएपछि त्यहाँको मतदान कार्य रोकिएको थियो । दाङ क्षेत्र नम्बर ३ को निर्वाचन अधिकृत डोलनाथ न्यौपानेका अनुसार पहिले खसेका ९१ वटा मत बदर गरी मतदान पुन : सुरू गरिएको छ । अधिर्कत न्यौपानेका अनुसार दोस्रो पटक ४२ जनाले मत खसालिसकेपछि मात्रै यो कुरा थाहा भएपछि मतदान कार्य रोकिएको थियो । कर्मचारीको असावधानीक...

दाङमा राेकिएकाे मतदान पुन:सुरु हुने

दाङ – दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा राेकिएकाे मतदान सुरु हुने भएको छ ।भोट हालेर गएकाहरूलाई फेरि बोलाएर मतदान सुरू गरिने भएको हाे। आज आइतबार बिहान कर्मचारीको गल्तीका कारण क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’मा मतदान स्थगित भएको थियो । दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश […]

दाङ : तुलसीपुर-१० काे मावि पातुवनगाउँ केन्द्र 'ग' मा मतदान स्थगित

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका-१० को पातुवनगाउँ माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्र अन्तर्गत 'ग' काे मतदान रोकिएको छ । क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर-१० को मावि पातुवनगाउँ केन्द्रको मतदानस्थल  'ग' मा  मतदान स्थगित भएकाे हाे। पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा नबिग्रिएको र दोस्रो पटक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै परेको मतदान अधिकृत पुष्पलता घर्तीले बताउनुभयो ।   ४२ जनाले मत खसालिसकेपछि यसबारे थ...

कोमल वलीले गरिन् मतदान

दाङ – नेकपा एमालेकी नेतृ एवं दाङ-३ की प्रतिनिधिसभा उम्मेदवार कोमल वलीले मतदान गरेकी छन्। तुलसीपुर उपमहानगरपालीका ८ कृष्ण मन्दिर मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन्।

एमाले महासचिव पोखरेलले गरे मतदान

दाङ : नेकपा एमालेका महासचिव तथा एमालेका दाङ निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले मतदान गरेका छन्।पोखरेलले तुलसीपुर १९ मा रहेको जनता विद्यापीठ मतदान केन्द्र मतदान गरेका हुन्।

शंकर पोख्रेलले गरे मतदान

४ मंसिर, दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्थित बिजौरी मतदान केन्द्रबाट मतदान गरेका छन् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोख्रेलले बिजौरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी रेखा शर्मा पनि प्रतिस्पर्धामा छिन् । उनले घोराही उपमहानगरपालिका १८ […]

एमाले महासचिव पोखरेलद्वारा मतदान

काठमाण्डाै - एमाले महासचिव शंकर पोखरेलले दाङ तुलसीपुरको जनता विद्यापीठ बिजौरी मतदान केन्द्रमा मतदान गर्नुभएको छ । उहाँ प्रतिनिधि सभा दाङ-२ का उमेदवार समेत हुनुहुन्छ ।

धमाधम बन्न थाले मतदान केन्द्र (तस्बिरहरु)

दाङ – दाङका मतदान केन्द्रमा खटिएका कर्मचारी मतदान केन्द्र निर्माणमा जुटेका छन्। विद्यालय तथा क्याम्पस हाताभित्र मतदान गर्न सजिलोको लागि लाइन लाग्ने ठाउँ बनाउन उनीहरु जुटेका हुन्। लमही नगरपालिका–६ दुमदुमा प्राथमिक विद्यालयभित्र चार वटा मतदान केन्द्र छन्। ती मतदान केन्द्रमा ३ हजार ९ सय ५९ मतदाता छन्। मतदातालाई लाइन बस्न सजिलोको लागि बाँस गाडेर डोरीले […]