दाङ : कोरोना संक्रमणका कारण दाङ र मकवानपुरमा शुक्रबार थप तीन जनाको मृत्यु भएको छ। दाङमा दुई र मकवानपुरमा एक जनाको मृत्यु भएको हो। दाङमा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ का ७९ वर्षीय पुरुष र गढवा गाउँपालिका–६ घर भइ लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत १५ वर्षीय विद्यार्थी छन्। ७९ वर्षीय वृद्धको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा र विद्यार्थीको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो। बिहीबार स्वाब संकलन गरिएका बृद्धको शुक्रबार रिपोर्ट आएको केही बेरमै मृत्यु भ