दाङ – आँखासम्बन्धी उपचारमा दाङको तुलसीपुर उपमहानगरपालिका देशमै उत्कृष्ट भएको छ । नेपालमै पहिलो पटक अन्धोपन निवारणमा काम गरेको भन्दै तुलसीपुरलाई नेपाल नेत्रज्योति सङ्घले उत्कृष्ट सूचीमा राखेको हो ।
आज आइतवार ४४ औँ नेपाल नेत्रज्योति दिवसका अवसरमा अन्धोपन निवारणमा देशभरमा उत्कृष्ट काम गरेको भन्दै उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई काठमाण्डौमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले सम्मान गर्नुभएको हो । उपमहानगरपालिकाले उज्यालो तुलसीपुर कार्यक्रमअन्तर्गत नेपाल नेत्रज्योति सङ्घ दाङको साझेदारीमा तीन सय जनाभ...