अमेरिकी पासपोर्टवाहकले २०२४ देखि युरोप जानका लागि शुल्क तिरेर अनलाइन आवेदन दिनुपर्ने

अमेरिकी नागरिकहरूले अब सन् २०२४ देखि युरोपियन युनियन र शेंगेन देशमा प्रवेशका लागि अनलाइनबाट यात्रा अनुमति लिनु पर्ने भएको छ । युरोपियन ट्राभल इन्फर्मेसन एण्ड ऑथोराइजेसन सिस्टम अन्तरगत अमेरिकीहरूले भविष्यमा युरोपको अधिकांश भागमा यात्रा गर्न योग्य हुन अनलाइनबाट स्वीकृति प्राप्त गर्नुपर्नेछ । यो यात्राका लागि स्वीकृति लिनुपर्ने अमेरिकी इलेक्ट्रोनिक प्रणाली इस्टासँग मिल्दोजुल्दो छ। मे २०२३ […]

सम्बन्धित सामग्री

अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

त्रिशूली, २६ वैशाख । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको […]

नाङ्लोमा भरिन्छ लाइसेन्सको अनलाइन फाराम

सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीले अनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् तर यातायात व्यवस्था कार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमा फाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ । अनलाइन आवेदन कति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूले भरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँले भर्न भने महिनौँ मुस्किल हुन्छ । आवेदन २४ घण्टा खुला भनिएको हुन

काउन्सिलको लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुल्यो

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले यस वर्षको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाका लागि अनलाइन आवेदन खुला गरेको छ । आउँदो जेठ १२ देखि १४ गतेसम्म हुने परीक्षाका लागि आज (मंगलबार)देखि अनलाइन फाराम खोलिएको हो । वैशाख २८ गतेसम्म नियमित तथा २९ र ३० गतेसम्म विलम्ब शुल्क तिरेर फाराम बुझाउन सकिने काउन्सिलले जनाएको छ । परीक्षा […]

काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि २ सय ३१ जना कर्मचारी मागेको छ।महानगरले आज एक सूचना प्रकाशित गर्दै करारमा २१ जना सुपरीवेक्षक र २१० जना गणक मागेको हो। १८ वर्ष पुगेर ४० वर्ष ननाघेका इच्छुक व्यक्तिलाई सात दिनभित्र दरखास्त दिन भनिएको छ। आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक) मार्फत दिन सकिने छ। भौतिक आवेदनहरू भने मान्य नहुने जनाइएको छ। आवेदन फाराम भर्दा कुनै शुल्क लाग्ने छैन। प्रणाली मार्फत प्राप्त भएका

प्रचलनमा आयो ई–पासपोर्ट, कति तोकियो शुल्क ?

१ मंसिर, काठमाडौं । सरकारले बुधबारबाट नेपालमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण शुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई–पासपोर्टको लागि औंठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई-पासपोर्ट वितरण थालेको हो । संस्कृतिविद् तथा शताब्दीपुरुष […]

आजदेखि प्रचलनमा आएको ई-पासपोर्टको कति तोकियो शुल्क ?

सरकारले बुधबारदेखि नेपालमा विद्युतीय राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई(पासपोर्टको लागि औँठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई–पासपोर्ट वितरण थालेको हो ।संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई–पासपोर्ट दिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपो

राष्ट्रिय वाणिज्य बैंकको फारम शुल्क भुक्तानी खल्तीबाट

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । उक्त पदमा बैंकको वेबसाइटबाट अनलाइन आवेदन दिन सकिन्छ ।अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि […]

रावाबैंकको पदपूर्ति आवेदन शुल्क खल्तीबाट भुक्तानी

काठमाडौं (अस) । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । आवेदन परीक्षा शुल्क भुक्तानीका बैंक र कम्पनीबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट पनि अनलाइन आवेदन दिन सकिने सुविधा छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजर नेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनोट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ ।