अनलाइन फारम विदुरले निः शुल्क भरिदिने

त्रिशूली, २६ वैशाख । जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा र विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठसहितको सरोकारवालाबीच सोमबार भएको निर्णयानुसार प्रशासन कार्यालयमा राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन पुग्ने सेवाग्राहीको आवेदन फाराम नगरपालिकाले निःशुल्क भर्ने व्यवस्था गर्न लागिएको […]

सम्बन्धित सामग्री

सवारी चालक अनुमतिपत्र पाउन सास्ती

बलेवा । बागलुङ नगरपालिका–३ भलाटाकुराका सुमन किसानले सवारी साधन चलाउन सिकेको दुई वर्ष भयो । उनको हातमा  शीप त छ तर त्यसको प्रयोग गर्ने अधिकार छैन । उनले सवारी साधन चलाउने अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाएका छैनन् । महँगो शुल्क तिरेर सवारी साधन चलाउन सिकेका किसान आफ्नो मेहनत खेर जाने हो कि भन्ने चिन्तामा छन् । बागलुङमा चारपाङ्ग्रे सवारी साधनका लागि सवारी चालक अनुमतिपत्रको परीक्षा नभएको १० वर्ष भइसकेको छ । पोखरा, काठमाडौं, बुटवललगायत शहरमा जाँदा एकै पटकमा लाइसेन्स बन्दैन । धेरै पटक धाउँदा खर्च धान्नै कठिन हुने उनको गुनासो छ । आफूले चिने जानेका र गाउँघरमा पुग्ने जो कोहीसँग किसानले सोध्छन्, ‘सवारी चालक अनुमतिपत्रका  लागि परीक्षा कहिले हुन्छ ?’ किसान जस्ता धेरै स्थानीयको अहिलेको साझा समस्या चालक अनुमतिपत्र नहुनु हो । पछिल्लो समय स्वदेशमा होस् वा विदेशमा रोजगारीका लागि सवारी चालक अनुमतिपत्र अनिवार्य जस्तै भएको छ । लामो समय यातायात व्यवस्था विभागले परीक्षाको प्रबन्ध गर्न नसक्दा युवा समस्यामा छन् । यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको आवेदन खुलाएको छैन । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घर दैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गरेका थिए । जैमिनी नगरपालिका–६ का दीपक नेपालीले मकवानपुर पुगेर धेरै समय खर्चेर लाइसेन्स लिएको बताए । ‘मैले मकवानपुर पुगेर लामो समय पर्खेर र धेरै पैसा खर्चेर लाइसेन्स लिएँ,’ उनले भने । साना तथा ठूला सवारी साधन चलाएर स्वरोजगार बन्न युवा पुस्ता आकर्षित भएको पाइए पनि लाइसेन्स नहुँदा उनीहरू त्यसबाट वञ्चित छन् । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार २०६९ सालमा नयाँ मापदण्ड लागू भएदेखि दुईपाङ्ग्रे सवारी साधन बाहेकको सवारीचालक अनुमतिपत्रका लागि आवेदन खुलेको छैन । कोरोना महामारीको समयमा रोकिएको दुईपाङ्ग्रे सवारी साधन चालक अनुमतिपत्रको परीक्षा नियमित हुन नसक्दा सर्वसाधारण मर्कामा छन् । ‘दुई वर्षको बीचमा एकपटक खुलेको अनलाइन फारम भरेकाको परीक्षा लिन भदौसम्मको तालिका छ,’ उनले भने, ‘अब नयाँ व्यवस्थापनसहित चुनावपछि फारम खुल्छ ।’ चारपाङ्ग्रे सवारी साधनका लागि भने प्रयोगात्मक परीक्षा लिने मापदण्ड पुगेको संरचना बागलुङमा छैन । पटक पटक सरोकारवालाबीच मापदण्ड पुग्ने मैदानको खोजीका विषयमा छलफल भए पनि समस्या नसुल्झेको थापा बताउँछन् । ‘अहिले एक दुई ठाउँबाट प्रस्ताव आएको छ, हामीले भाडामै लिएर भए पनि मैदान तयार गरौं भनेर लागेका छौं,’ उनले भने, ‘सोह्र रोपनी जग्गा एकै ठाउँमा चाहिन्छ, कार्यालयसँग जग्गा छैन ।’ रासस

राहदानीका लागि अनलाइन फारम भर्दा चर्को शुल्क लिने तीन जना पक्राउ

कञ्चनपुरमा राहदानीको अनलाईन फारम भर्ने क्रममा ठगी गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राहदानीका लागि अनलाइन फारम भर्ने क्रममा चाँडै पालो मिलाइदिने भन्दै सेवाग्राहीबाट बढी रकम लिएको आरोपमा उनीहरुलाई बुधबार जिल्ला प्रशासन कार्यालयको गेटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा रेम्बो फोटो स्टूडियोका सञ्चालक केशवराज जोशी, हार्दिक फोटो स्टूडियोका विरबहादुर धामी र देवराज जोशी छन् । उनीहरुले अनलाईन फारम भरेबापत सेवाग्राहीसँग एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिएको पाइएको कञ्चनपुरक

मेडिकल काउन्सिलको परीक्षा माघ १४ र १५ गते

काठमाडौँ – नेपाल मेडिकल काउन्सिलको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा माघ १४ र १५ गते हुने भएको छ। काउन्सिलले सूचना जारी गर्दै मंसिर २६ देखि पुस २६ गतेसम्म अनलाइन फारम खुल्ने उल्लेख गरेको छ। काउन्सिलका अनुसार मंसिर २६ देखि पुस २६ गतेसम्म नियमित रुपमा फारम भर्न सकिन्छ। त्यस्तै पुस २७ र २८ गते विलम्ब शुल्क तिरेर […]

इम्बोस्ड प्लेट : हल्लिन्छ, फुट्छ, च्यातिन्छ र हराउँछ

४ मंसिर, काठमाडौं । फागुन २०७७ मा स्वेच्छिक रुपमा अनलाइन फारम भरेर २५ सय रुपैयाँ शुल्क तिरेर आफ्नो मोटरसाइकलमा इम्बोस्ड प्लेट जोड्दा पाटनका राज बज्राचार्यलाई लागेको थियो– सुरक्षित र आकर्षक नम्बर प्लेट हालियो । तर, उनको खुसी पाँच महिना पनि टिकेन । कार्यालयबाट घर फर्किंदै गर्दा उनको प्लेट खसेर हरायो । ‘फेला पार्नेलाई फिर्ता गरिदिन […]