काठमाडौं महानगरले माग्यो २३१ कर्मचारी

काठमाडौं : काठमाडौं महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सर्वेक्षणका लागि २ सय ३१ जना कर्मचारी मागेको छ।महानगरले आज एक सूचना प्रकाशित गर्दै करारमा २१ जना सुपरीवेक्षक र २१० जना गणक मागेको हो। १८ वर्ष पुगेर ४० वर्ष ननाघेका इच्छुक व्यक्तिलाई सात दिनभित्र दरखास्त दिन भनिएको छ। आवेदन काठमाडौं महानगरपालिकाको वेबसाइटमा रहेको अनलाइन आवेदन प्रणाली (लिंक) मार्फत दिन सकिने छ। भौतिक आवेदनहरू भने मान्य नहुने जनाइएको छ। आवेदन फाराम भर्दा कुनै शुल्क लाग्ने छैन। प्रणाली मार्फत प्राप्त भएका