सरकारले बुधबारदेखि नेपालमा विद्युतीय राहदानी (पासपोर्ट) वितरण सुरु गरेको छ । राहदानी विभागको वेबसाइटमार्फत अनलाइन आवेदन भर्ने नागरिकले बुधबारदेखि नै ई(पासपोर्टको लागि औँठाछाप (बायोमेट्रिक) दिन जाने मिति र समय पाउन थालेका छन् । करिब ७० लाख मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरेपछि सरकारले ई–पासपोर्ट वितरण थालेको हो ।संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीलाई सरकारले पहिलो ई–पासपोर्ट दिएको छ । मंगलबार आयोजित एक कार्यक्रममा जोशीलाई परराष्ट्रमन्त्री डा.नारायण खड्काले ई–पासपो