काठमाडौं (अस) । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि माग गरेको पदपूर्ति आवेदनको परीक्षा शुल्क खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ । आवेदन परीक्षा शुल्क भुक्तानीका बैंक र कम्पनीबीच सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । सो पदमा बैंकको वेबसाइटबाट पनि अनलाइन आवेदन दिन सकिने सुविधा छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि परीक्षा शुल्क भुक्तानी आफ्नो युजर नेम र पासवर्ड हालेर लग–इन गरेपछि ‘खल्ती’ छनोट गरी तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ ।