काठमाडौं केन्द्रित पर्यटकीय गतिविधिलाई विकेन्द्रित गर्ने उद्देश्यका साथ निजी क्षेत्रले राजधानीलाई ‘बेस’ मानेर पर्यटक बस सञ्चालन गर्न थालेको दशकौँ भयो । यसअवधिमा लाखौँ विदेशी तथा स्वदेशी पर्यटकले पर्यटक बसमार्फत सेवा लिए । ठमेल र वसन्तपुर केन्द्रित विदेशी पर्यटक सहजरुपमा पोखरा, सौराहा र लुम्बिनी पुग्न सके । हजारौँले रोजगारी पाए । स्थानीय अर्थतन्त्र चलायमान बन्यो । राज्यले अर्थतन्त्रको प्रमुख आधारका रुपमा पर्यटन क्षेत्रलाई लिएको छ । पर्यटन क्षेत्रलाई सुदृढीकरण गर्न विभिन्न योजना प