गाई जोगाउन खोज्दा भारतमा ट्रक र पर्यटक बस ठोक्किए, ९ को मृत्यु

 भारतको उत्तर प्रदेशको बाराबंकीमा बिहिबार बिहान ठूलो दुर्घटना भएको छ । यहाँ देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका छन् । दुर्घटनामा ९ यात्रीको घटनास्थलमा नै मृत्यु भयो जबकी २७ जना घाइते छन् । यीमध्ये थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या पनि बढ्ने आशंका रहेको भारतीय सञ्चार माध्यमले बताएका छन् । बस दिल्लीबाट बहराइच जाँदै थियो । यसमा ६०–७० यात्रु सवार थिए । सडकमा अचानक आएको गाईलाई जोगाउन खोज्दा ट्रक र बस ठोक्किएको भास्कर दैनिकले बताएको छ ।एसपी यमुना प

सम्बन्धित सामग्री

ब्राजिलमा बस र ट्रक दुर्घटनामा २५ को मृत्यु

उत्तरपूर्वी ब्राजिलको बाहिया राज्यमा पर्यटक बस र ट्रक ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको राज्यको अग्निनियन्त्रकहरूले सोमबार जानकारी दिएको छ ।  बाहिया राज्यको राजधानी साल्भाडोरबाट करिब दुई सय ५० किलोमिटर टाढा...

उत्तर प्रदेशमा ट्रक र बस ठोक्किँदा ९ को मृत्यु, २७ जना घाइते

एजेन्सी, असोज २१ । भारतको उत्तर प्रदेशमा ट्रक र पर्यटक बस ठोक्किँदा ९ को मृत्यु भएको छ। बिहिबार बिहान देवा इलाकामा बबुरी गाउँ नजिकै एक पर्यटक बस र ट्रक एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा ९ यात्रीको घटनास्थलमा मृत्यु भएको छ भने २७ जना घाइते भएको भारतीय सञ्चार माध्यमले बताएका छन्। थुप्रै गम्भीर अवस्थामा रहेकोले मृतकको संख्या […]