समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।  निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको