दैनिक ३० पर्यटक बस चल्नेमा अहिले ६/७ मा सीमित

काठमाडौं । पर्यटक बस सञ्चालकहरूले रुट विस्तार गरेका छन् । काठमाडौं–पोखरा–काठमाडौं, काठमाडौं–सौराहा–काठमाडौं, काठमाडौं–जनकपुर–काठमाडौं, सौराहा–पोखरा–सौराहा, काठमाडौं–लुम्बिनी–काठमाडौंपछि काठमाडौं–वीरगन्ज–काठमाडौं पनि विस्तार गरेको व्यवसायीले बताएका छन् । पर्यटक बस व्यवसायी संघका अध्यक्ष ईश्वर शर्माले आन्तरिक पर्यटक गन्तव्य भएका ठाउँहरूमा पर्यटक बस सेवा विस्तार गरिने बताए । कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि केही समयअगाडि काठमाडौं–वीरगन्ज–काठमाडौं...