बेनी अस्पतालको भवन २ वर्षदेखि अलपत्र

म्याग्दी (अस) । म्याग्दीको बेनी अस्पतालको भवन निर्माण अलपत्र परेको छ । अस्पताल भवन समयमै निर्माण सम्पन्न भएको भए अहिले ५० शय्याको सुविधासम्पन्न भवनबाट अस्पताल सञ्चालन भइरहेको हुन्थ्यो । ठेकेदार कम्पनीले कार्ययोजना अनुसार काम नगर्दा करीब २ वर्षदेखि भवन अलपत्र अवस्थामा छ । हाल अस्थायी र साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । तर २० महीनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीको विवाद अदालत पुगेपछि भवन निर्माण पनि अन्योलमा परेको हो । तत्कालीन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले २०७३ मङ्सिर २१ गते ५० शय्या क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग १८ करोड ८४ लाख ८ हजार ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । २४ करोड ४ लाख २९ हजार ८६९ रुपैयाँ लागत अनुमान गरिएको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह हुन् । यो भवन बनाउने जिम्मेवारी रविन जोशीले लिएको थियो । २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर भवन निर्माण सम्झौताको मिति सकिने बेलासम्म आधा काम पनि भएको थिएन । भवन निर्माणका लागि पहिलो चरणमा कोरोनाको समस्या देखाउँदै २०७७ जेठ २० गते एक वर्षका लागि म्याद थप गरिएको थियो । गत जेठमा थप गरिएको म्याद सकिएको छ । शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका इन्जिनियर वीरबल सुनारका अनुसार हालसम्म ५/६ प्रतिशत मात्र भौतिक निर्माण सकिएको छ । उनका अनुसार अहिलेसम्म ठेकेदार कम्पनीले ९ करोडको हाराहारीमा भुक्तानी समेत लगिसकेको छ । ४ हजार ९६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चारतले तीनओटा भवनको हालसम्म विभिन्न चरणमा भएको लिखित र मौखिक प्रतिबद्धता अनुसार निर्माणलाई गति दिन नसकेपछि कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले सम्बद्ध निकायलाई पत्र समेत काटेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मङ्सिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीनओटै निर्माण व्यवसायीको विवादले काम अघि बढ्ने आधार देखिएको छैन ।  शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निर्माण सक्न अहिलेसम्म विभिन्न समयमा १० ओटा पत्र काटिसकेको छ । तर ठेकेदार कम्पनीले चासो देखाएका छैनन् । निर्माण व्यवसायी महासंघका अध्यक्षले नै जिम्मा लिएको आयोजनाको काम समयमा नसकिँदा अस्पतालमा सञ्चालन गर्न सकिने उपचार समेत गर्न नसकिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘५० शय्या क्षमता भए पनि १५ शøयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौं,’ उनले भने, ‘पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।’ कटुवालका अनुसार ३ महीनायता निर्माण शून्य छ । दुई÷चारजना कामदार रहे पनि उनीहरूले अहिलेसम्म गरेको कामको भुक्तानी समेत नपाएको गुनासो गरेका छन् । अहिलेसम्म निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन् ।

सम्बन्धित सामग्री

महिला फुटबल एकेडेमी भवन चार वर्षदेखि अलपत्र

रौतहट :  जिल्लाको चन्द्रपुर नगरपालिका ६ मा रहेको महिला फुटबल एकेडेमीको भवन अलपत्र परेको छ।शेरबहादुर दर्लामी स्मृति खेल मैदानमा रहेको महिला फुटबल एकेडेमीको काम सम्पन भएको भए पनि सर्वोच्च अदालतले सञ्चालनमा रोक लगाएपछि भवन अलपत्र भएको हो।वन क्षेत्रमा अनधिकृत रुपमा महिला फुटबल एकेडेमी निर्माण सुरु गरेको भन्दै अधिवक्ता सुजित केसीले दायर गरेको मुद्दामा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले एकेडेमीका विषयमा भए/गरेका निर्णय यथास्थितिमा राख्न २०७६ माघमा अन्तरिम आदेश जा

११ वर्षदेखि अलपत्र चावहिलको मालपोत : कहिले भवन बन्ने र सर्ने अझै अनिश्चित !

काठमाडौं : चावहिल गंगाहिटीस्थित ११ वर्षदेखि अलपत्र परेको मालपोत कार्यालय चावहिलको भवन कहिलेसम्म बनिसक्छ भन्ने अझै अनिश्चित बनेको छ। ठेकेदारको चरम लापरबाही र सम्बन्धित निकायले यसलाई कडाइकासाथ चासो नदिँदा साँघुरो कार्यालयबाट सेवाग्राहीहरूले सेवा लिन बाध्य भएका छन्। धोबीखोला करिडोरमै नयाँ भवन निर्माणाधीन छ। मालपोत कार्यालय चावहिलको भवन निर्माणका लागि २०६९ साल वैशाख ६ गते २ वर्ष अर्थात् २०७१ साल वैशाख ५ गतेसम्ममा सम्पन्न गर्ने गरि श्री विकोई स्काई जे.भी.सँग ठेक्का सम्झौता भएको थियो।तर

विद्यालय भवन १२ वर्षदेखि अलपत्र

नेपालगञ्ज – बाँकेको हिरमिनियामा रहेको सरस्वती मावि भंघोट्नामा १२ वर्षदेखि विद्यालयको भवन अलपत्र परेको छ। आर्थिक वर्ष २०६७/६८ मा जिल्ला शिक्षा कार्यालयले ६०/४० को योजनाअन्तर्गत भवन बनाउन थालेको थियो। १२ लाखको योजनामा शिक्षा कार्यालयले ६० प्रतिशतअन्तर्गत ट्रष्ट र जस्तापाता उपलब्ध गराएको थियो। तत्कालीन गाउँ विकास समितिले केही रकम छुट्याएर डीबीसी गरेपछि त्यो ट्रष्ट ठडिएको थियो। […]

सल्यान जिल्ला अस्पताल भवन निर्माण एक वर्षदेखि अलपत्र

सल्यान : सल्यान जिल्ला अस्पतालको भवन निर्माण एक वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको चरम लापरवाहीका कारण अस्पतालका दुईवटा भवन अलपत्र छन्।अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरवृद्धि गर्न भवन निर्माण थालिए पनि निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवा विगत एक वर्षदेखि सम्पर्कविहीन भएको छ। कम्पनीले भवन निर्माणका लागि १ करोड ५० लाख पेश्की समेत लिइसकेको छ। कम्पनीले तीन वर्षमा भवन निर्माणको कार्य सम्पन्न गर्ने गरी २०७८ वैशाखमा सम्झौता गरेको थियो।सम्झौता गरेको एक वर्ष बितिसक्दा समेत भव

घोराही उपमहानगरकै भवन अलपत्र, ठेक्का सम्झौता तोड्ने तयारी

१२ असोज, दाङ । घोराही उपमहानगरपालिकाको निर्माणाधीन नयाँ भवन एकदेखि वर्षदेखि अलपत्र छ । निर्माण व्यवसायीले काम अघि नबढाएपछि उपमहानगरको भवन निर्माणमा ढिलाइ भएको हो । २० करोड लागतमा निर्माण हुन लागेको पाँच तले भवन दुई वर्षभित्रै सम्पन्न गर्ने गरी २०७८ वैशाख ६ गते सम्झौता भएको थियो । गौरी-पार्वती/भुसाल बस्नेत जेभीले निर्माणको जिम्मा लिएको उक्त […]

चावहिलको मालपोत : आफ्नो भवन १० वर्षदेखि अलपत्र, भाडामा मासिक सवा २ लाख खर्च

काठमाडौं :  धोबीखोला करिडोर हुँदै पहेँलो पुलको घुम्ती कटेपछि देखिन्छ रातो रंग लगाएको एउटा नयाँ भवन। लगाएको रंग पनि खुइलिएको छ। झ्यालढोका ह्वाङ्गै छन्। भवनको पर्खाल भत्किँदै गएको छ। लामो समयदेखि अलपत्र भवन देख्ने जोकोही सर्वसाधारण ‘यो कसको घर होला?’ ‘केका लागि बनेको होला?’ भनी जिज्ञासा राख्ने गर्छन्।यो निर्माणाधीन भवन मालपोत कार्यालय चावहिलको हो। तर,यो १० वर्षदेखि प्रयोगविहीन छ। भवनको सबै संरचना निर्माण कार्य सकिइसकेको छैन। नयाँ भवनको गेट बनेको छैन। नेप

१३ वर्षदेखि अतिथि गृह भवन अलपत्र

गुल्मीमा अतिथि गृहको नाममा निर्माण सुरु गरिएको भवन विगत १३ वर्षदेखि अलपत्र परेको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा निर्माण सुरु गरिएको अतिथि गृह भवन विगत १३ वर्षदेखि अलपत्र परेको हो ।वि.सं. २०६६ को मध्यतिर रुरुक्षेत्र गाउँपालिकाको वडा नम्बर ४ स्थित श्रृङ्गेश्वर तपोभूमि मन्दिरनजिकै निर्माण सुरु गरिएको भवन अलपत्र परेको स्थानीय फर्सुराम ज्ञवालीले जानकारी दिए । […]

चार वर्षदेखि स्वास्थ्य चौकी भवन अलपत्र

म्याग्दी-निर्माण व्यवसायीको लापरबाहीका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा निर्माणाधीन स्वास्थ्य चौकी भवन अलपत्र परेको छ । चार वर्षअघि निर्माण सुरु भएको स्वास्थ्य चौकीको भवनले पूर्णता पाउन नसक्दा पूर्वाधार जीर्ण बन्दै गएको छ भने स्वास्थ्य चौकीको सेवा प्रवाहसमेत प्रभावित भएको हो ।१८ महिनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का लिएको निर्माण कम्पनीको लापरबाहीका कारण भवन अलपत्र परेको […]

बेनी अस्पताल भवन अलपत्र

म्याग्दीको बेनी अस्पतालको भवन निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवी सिंहले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन अलपत्र परेको छ । २० महिनाअघि नै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण व्यवसायीहरूको विवाद अदालत पुगेपछि अधुरो भवन निर्माणकार्य पनि अन्योलमा परेको हो । कोभिडको उच्च जोखिम रहेको सदरमुकाम बेनीमा अस्पतालको बिरामी उपचार […]