काठमाडौं : चावहिल गंगाहिटीस्थित ११ वर्षदेखि अलपत्र परेको मालपोत कार्यालय चावहिलको भवन कहिलेसम्म बनिसक्छ भन्ने अझै अनिश्चित बनेको छ। ठेकेदारको चरम लापरबाही र सम्बन्धित निकायले यसलाई कडाइकासाथ चासो नदिँदा साँघुरो कार्यालयबाट सेवाग्राहीहरूले सेवा लिन बाध्य भएका छन्। धोबीखोला करिडोरमै नयाँ भवन निर्माणाधीन छ। मालपोत कार्यालय चावहिलको भवन निर्माणका लागि २०६९ साल वैशाख ६ गते २ वर्ष अर्थात् २०७१ साल वैशाख ५ गतेसम्ममा सम्पन्न गर्ने गरि श्री विकोई स्काई जे.भी.सँग ठेक्का सम्झौता भएको थियो।तर