पोखरा : म्याग्दीको बेनी अस्पताल भवन निर्माण कार्य दुई वर्षदेखि अलपत्र परेको छ। ठेकेदार कम्पनीले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई वर्षदेखि भवन निर्माण अलपत्र परेको हो।
जिल्लामा निर्माणाधिन अवस्थामा रहेको एक मात्र अस्पताल अलपत्र पर्दा बिरामीहरुले उपचारमा सास्ती खेप्नुपरेको छ। स्वास्थ्य उपचारका लागि अहिले अस्थाई र साँघुरा कोठामा काम…