सल्यान : सल्यान जिल्ला अस्पतालको भवन निर्माण एक वर्षदेखि अलपत्र परेको छ। ठेकेदारको चरम लापरवाहीका कारण अस्पतालका दुईवटा भवन अलपत्र छन्।अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरवृद्धि गर्न भवन निर्माण थालिए पनि निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी निर्माण सेवा विगत एक वर्षदेखि सम्पर्कविहीन भएको छ। कम्पनीले भवन निर्माणका लागि १ करोड ५० लाख पेश्की समेत लिइसकेको छ। कम्पनीले तीन वर्षमा भवन निर्माणको कार्य सम्पन्न गर्ने गरी २०७८ वैशाखमा सम्झौता गरेको थियो।सम्झौता गरेको एक वर्ष बितिसक्दा समेत भव