नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा हिमपात

हुम्ला– हुम्लाको नाम्खा गाउँपालिकाको लिमी र यारी क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ । आइतबार बेलुकादेखि पानीसँगै हिउँ परेको हो । नाम्खा गाउँपालिकाको लिमी र मुचुको यारीका बस्ती ४२ सय मिटरभन्दा अग्लो स्थानमा छन् । एक फिट हिउँ जमेकाले गाईवस्तु चराउन जानसमेत कठिन रहेको लिमीबाट वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । हिउँ पर्ने क्रम […]

सम्बन्धित सामग्री

हिमपातले लिमी आउजाउ बन्द

सिमकोट – गत सोमबारको हिमपातपछि नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी आउजाउ बन्द भएको छ। लिमी जाने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण लिमी आउजाउ बन्द भएको हो। लिमीका स्थानीय निमा तामाङले सोमबार परेको बाक्लो हिमपातको कारण लिमी आउजाउ बन्द भएको बताए। उनले लिमी जाने दुई वटा नाका चार हजार ६ सय मिटर […]

१५ वर्षपछि लिमी फर्किए रिम्पोचे (तस्बिरसहित)

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा रिम्पोचे लामा फर्किएका छन्। पूजापाठ र ध्यानका लागि काठमाडौँ गएका रिम्पोचे स्थानीयको आग्रहमा लिमी फिर्ता भएका हुन्। लिमी जाङ गाउँका स्थानीय कुन्चोक तामाङले लिमीका तीन वटा गाउँ टिल, हल्जी र जाङ गाउँको हल्जी गुम्बाका रिम्पोचे १५ वर्षपछि फर्किएको बताए। उनलाई स्थानीय भाषामा टुल्कु पनि भन्ने गरिन्छ। […]

न्यालुु लेकको हिउँ पन्छाउँदै बैंकका कर्मचारी लिमी पुुगे

सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा घोडा चढेर सिटिजन्स बैंकका कर्मचारी न्यालुु लेकको हिउँ पन्छाएर पैदल मार्गबाट लिमी पुुगेका छन्। गाडी, घोडा र पैदल मार्गबाट हिँडेर कर्मचारी लिमी पुुगेका हुन्। लिमीका सेवाग्राहीलाई सामाजिक सुुरक्षाको भत्ता वितरण गर्न र बैंक खाता सञ्चालन गर्न कर्मचारी तीन किसिमको अनुुभव बट्ल्दै लिमी पुुगेका हुन्। लिमीका वडाध्यक्ष पाल्जोर […]

निर्वाचनमा लिमी खटिएका कर्मचारी हेलिकोप्टरबाट ओसारिने

सिमकोट – मंसिर ४ गतेको निर्वाचनमा नाम्खा गाउँपालिका–६को हिमालपारिको गाउँ लिमीमा खटिने कर्मचारीलाई हेलिकोप्टरबाट ओसारिने भएको छ। लिमी जाने दुुईवटै नाकामा बाक्लो हिमपातले जान नसकिने अवस्था सिर्जना भएपछि निर्वाचन आयोगले हेलिकोप्टरको व्यवस्था गरेको हो। मुख्य निर्वाचन अधिकृत दिलप्रसाद सापकोटाले निर्वाचनका लागि लिमीका तीन वटै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मीलाई हेलिकोप्टरबाट ओसार्न निर्वाचन आयोग सहमत भएको […]

चुनावी प्रचारका लागि लिमी पुगे मुख्यमन्त्री शाही

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीमा चुनावी प्रचारका लागि पुुगेका छन्। लिमी जाने बाटो हिमपातले बन्द भएपछि मुख्यमन्त्री शाही हेलिकोप्टर रिजर्भ गरेर लिमी पुुगेका हुन्। मुख्यमन्त्री शाहीले लामो प्रयासपछि लिमीका मतदातासँग भेटघाट गर्न लिमी पुुग्न पाएको बताए। उनले १५ दिन अगाडिबाट लिमीका तीन गाउँ जाने तयारी गरे पनि […]

बाक्लो हिमपातले लिमी पुग्न सकेनन् उम्मेदवार : न मतदाता शिक्षा, न प्रचारप्रसार

सुर्खेत : हिमपातका कारण हुम्लाका नाम्खा गाउँपालिका–६ लिमीका  तीन  गाउँमा  निर्वाचनसम्बन्धी कुनै गतिविधि हुन सकेका छैन। बाक्लो हिमपातले  गर्दा लिमी जाने  दुुईवटा नाका बन्द भएकाले  प्रत्यासी उम्मेदवार  र  राजनीतिक दलका नेताहरू लिमी पुुग्न नपाएका हुन्। दुईवटै नाका चार हजार ६०० मिटर  अग्लो  नारा लेक र  पाँच हजार  मिटरको न्यालु लेकमा  चारदेखि पाँच फिट हिउँ जमेको हो।लिमी हल्जी गाउँका स्थानीय  खेन्

पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न लिमी उपत्यका संग्रहालयका रुपमा विकास गरिने

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी उपत्यकालाई संग्रहालयको रूपमा विकास गरिने भएको छ। गत बुधवार प्रदेश सभामा पेस भएको कर्णाली प्रदेश सरकारको बजेटमा चीनसँग सीमा जोडिएको लिमी उपत्यकालाई पर्यटन प्रवर्द्धन गर्न तीन वटै गाउँलाई संग्रहालयका रूपमा विकास गर्ने उल्लेख गरिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमी उपत्यका आफैँमा भर्जिन रहेको र त्यसमाथि […]

हुम्लाको लिमी सञ्चार सम्पर्क बिहीन

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी चार दिनयता सञ्चार सम्पर्क बिहीन भएको छ । लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएपछि सम्पर्क बिहीन भएको हो । लिमीका तीन मध्ये दुई गाउँमा नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा थियो । कार्यालयको काम धेरै पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनै छोडेको […]

उजुरी नै पर्दैन हुम्लाको लिमी प्रहरीमा

सिमकोट – हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको छ। विकट गाउँ त्यसमाथि एउटै समुदायको बसोबास रहेको लिमीमा झैझगडा, अपराध र चोरीका घटना नहुने भएपछि प्रहरी चौकीमा उजुरी नै नपर्ने गरेको हो। चौकी इन्चार्ज कृष्णजंग शाहले प्रहरीकहाँ घटनासम्बन्धी कुनै उजुरी नपर्ने गरेको जानकारी दिए। उनका अनुसार प्रहरीले लिमीमा नियमित गस्ती भने […]

पुल नहुँदा लिमी जान जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ। लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा […]