सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा रिम्पोचे लामा फर्किएका छन्। पूजापाठ र ध्यानका लागि काठमाडौँ गएका रिम्पोचे स्थानीयको आग्रहमा लिमी फिर्ता भएका हुन्। लिमी जाङ गाउँका स्थानीय कुन्चोक तामाङले लिमीका तीन वटा गाउँ टिल, हल्जी र जाङ गाउँको हल्जी गुम्बाका रिम्पोचे १५ वर्षपछि फर्किएको बताए। उनलाई स्थानीय भाषामा टुल्कु पनि भन्ने गरिन्छ। […]