पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा दियो निवेदन

वैशाख २१, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ ।  कम्पनीले ८० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि वैशाख १२ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।  सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ । त्यपछि दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

सम्बन्धित सामग्री

सभामुख र फ्रान्सेली संसदीय प्रतिनिधि बिच भेटवार्ता

काठमाडौं।सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधि बिच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ।पोखरा महानगरपलिकाले जीर्ण भवनमा डोजर चलाउन सुरु गरेको छ।सरकारले एकैदिन आठ सय कर्मचारीको सरुवा गरेको छ।पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै छ।भियतनाममा भीषण आगलागीमा परि ३२ जनाको मृत्यु भएको छ।

पिपुल्स हाइड्रोपावरले आईपीओ निष्कासन गर्दै

काठमाडौँ- पिपुल्स हाइड्रोपावरले ३१ भदौदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङको प्रभावित क्षेत्र दोर्दी गाउँपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरूका लागि ९ लाख […]