जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए ।स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए । उनले भने, ‘सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था ग