जुम्ला : जुम्लाका १ सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन्। जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले मागेको आवेदनमा २ सय ६५ किसानले निवेदन दिएका थिए।निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने जानकारी लिन कर्मचारी फिल्डमा गएका थिए। स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र जुम्लाका १ सय ४३ जनाले गोठालो भत्ता पाएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले बताए।उनले भने, ‘सरकारले जुम्लामा भेडा उत्पादन बढाउन यस्तो