जुम्ला – जुम्लाको पशु अस्पताल तथा पशुसेवा कार्यालयले आह्वान गरेको भत्ता प्रस्तावनामा जुम्लाका भेडापालक कृषकले आवेदन दिएका छन् । कर्णाली प्रदेश सरकारले भेडा पालक किसानलाई प्रोत्साहन गर्न गोठालो भत्ता दिने कार्यक्रम अन्तर्गत गोठालो भत्ताको लाागि आवेदन लिइएको हाे ।
पशु अस्पताल तथा पशुसेवा कार्यालयका अनुसार भत्ता दाबी गर्न दुई सय ६५ किसानले आवेदन दिएका छन् । कार्यालय प्रमुख गोविन्द महतले किसानले दिएका आवेदनमाथि छनौट प्रक्रिया शुरु गरिने बताउनुभयो । आवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन् ...