जुम्ला – जुम्लाका एक सय ४३ जना भेडापालक किसानले गोठालो भत्ता पाएका छन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेकामध्ये एक सय ४३ किसानलाई भत्ता दिइएको हो ।
स्थलगत रिपोर्टिङ र मूल्याङ्कनपछि निवेदन दिएकामध्ये एक सय ४३ जनाले गोठालो भत्ता पाएका पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतले जानकारी दिनुभयो । ‘सरकारले जुम्लामा भेडाको सङ्ख्या बढाउन यस्तो व्यवस्था गरेको हो । एक वर्षभरि भेडा हेर्ने जाँदा आवश्यक सामान क...