श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा रहेका सबै श्रमिकको योगदानको उचित कदर हुने गरी काम गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोष र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका बारेमा मन्त्रालयमा ब्रिफिङ लिने क्रममा मन्त्री कुँवरले वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणबाट मुलुकमा वैदेशिक मुद्राको सञ्चिती बढ्ने हुँदा उनीहरूको उचित मूल्याङ्कन गरिने बताए । श्रमिकको हकहित संरक्षणका लागि ट्रेड युनियन र राजनीतिक दलका भ्रातृ सङ्गठन क्रियाशी