काठमाडौं-५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।  तस्वीरहरु : चन्द्रबहादुर आले  

सम्बन्धित सामग्री

काठमाडौं ५ मा मतगणना शुरु

काठमाडौं : काठमाडौं ५ मा मतगणना शुरु भएको छ। बसुन्धरास्थित त्रिसमाज भवनमा मतगणना थालिएको हो। काठमाडौं ५ मा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गठबन्धनबाट कांग्रेसका प्रदीप पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना, श्री गुरुङ, हेमराज थापालगायत प्रतिस्पर्धामा छन्।

काठमाडौं ५ मा मतगणनाबारे विवाद, दिउँसो १ बजे सुरु हुने

काठमाडौंं क्षेत्र नम्बर ५ मा मतगणना प्रक्रियाबारे दलका प्रतिनिधिहरूबीच विवाद भएको छ । विवाद मिलेपछि दिउँसो १ बजेदेखि मतगणना हुने भएको निर्वाचन अधिकृत रितबहादुर पुलामीले जानकारी दिए ।यहाँ एमालेका ईश्वर पोखरेल, कांग्रेसका प्रदीप पौडेल र विवेकशील अभियानकी रञ्जु दर्शना मुख्य प्रतिस्पर्धामा रहेका छन् ।

काठमाडौं-५ मा ईश्वर पोखरेलको विजय यात्रामा लाग्न सक्छ ब्रेक

अहिलेसम्म व्यक्त मत, मौन रहन चाहने मतदाताको पृष्ठभूमि आकलन गर्दा नेपाली कांग्रेस उम्मेदवार प्रदीप पौडेल एमाले उम्मेदवार ईश्वर पोखरेलभन्दा अगाडि देखिन्छन् ।

‘टेस्टेडसँग जनता असन्तुष्ट छन्, स्वतन्त्र साथीहरूको मुद्दा म आफैं बोक्छु’

देशभरिका चुनाव नियाल्ने क्रममा हामी काठमाडौं–५ मा पुगेका छौं । जहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रबाट विगतमा नेता ईश्वर पोखरेल निर्वाचित भएका थिए । पहिलो पटक काठमाडौं–५ बाट प्रतिनिधिसभा सदस्यको लागि निर्वाचन लड्दै गरेका प्रदीप पौडेलसँग गरिएको कुराकानीः कस्तो चल्दैछ तपाईंको चुनाव प्रचार ? […]

काठमाडौं–५ मा ग्राउण्ड जिरो : ईश्वर पोखरेल ढुक्क, प्रदीपलाई एमालेकै भर

काठमाडौं : काठमाडौं–५ को प्रतिनिधिसभा निर्वाचन रोचक बन्दैछ। नेकपा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल चुनावी मैदानमा छन्। २०५६ सालदेखि काठमाडौंमा ५ मा निर्वाचन लड्दै आएका पोखरेल तेस्रो जितको खोजीमा छन् भने प्रतिनिधिसभामा पहिलोपटक निर्वाचनमा होमिएका पौडेल गठबन्धनको आडमा संसदको ढोका खोल्ने दाउमा छन्। पोखरेलले २०५६ मा पहिलोपटक चुनाव जितेपनि २०६५ र ०७० सालको निर्वाचनमा हार व्यहोरे। उनी नेपाली कांग्रेसका नेता नरहरी आच

काठमाडौं-५ का उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त

काठमाडौं । आगामी प्रतिनिधि र प्रदेशसभा चुनावका लागि विभिन्न दलका उम्मेदवार आफ्नो क्षेत्रमा चुनावी प्रचारका लागि घरदैलो अभियानमा व्यस्त भएका छन् । काठमाडौं-५ का नेकपा एमालमा उम्मेदवार ईश्वर पोखरेल पनि आफ्ना एजेण्डा लिएर मतदाताको घरदैलोमा पुग्नुभएको छ ।सोही क्षेत्रका नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल पनि घरदैलो अभियानमा व्यस्त रहनुभएको छ । उहाँ पनि घरघरमा पुगेर […]

गठबन्धन र एमाले उम्मेदवारलाई १४ स्वतन्त्रको चुनौती

काठमाडौं क्षेत्र नम्बर ५ मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल (६८) र सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदीप पौडेल (४७) बीच मुख्य प्रतिस्पर्धा हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं– ५ मा जनता समाजवादी पार्टी नेपालका भीमबहादुर मगर (४६) राष्ट्रिय प्रजातन्त्र पार्टीका रामप्रसाद उप्रेती (६८), नेपाल मजदुर किसान पार्टीका शैलेश डंगोल (४०), लोकतान्त्रिक समाजवादी पार्टीका दानिन्द्र जोशी (६८) उम्मेदवार हुनुहुन्छ ।