मरिण खोलामा तटबन्ध निर्माण गरि नदी नियन्त्रण गरिने

राष्ट्रिय गौरवको सुनकोशी मरिण डाईभर्सन बहुउद्देश्यीय आयोजना अन्तर्गत मरिण खोलामा तटबन्ध निर्माण गरि नदी नियन्त्रण गरिने भएको छ।

सम्बन्धित सामग्री

बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण

लहान । लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । नदीले पश्चिम किनार रहेका लहान-२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो । अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा […]

झापामा बाढी र कटानको क्षति रोक्न अर्बमा बजेट आवश्यक, केन्द्रले पठाउँछ करोडमा

चन्द्रकला भण्डारी- झापा : वर्षेनी नदीको तटीय क्षेत्रमा हुने कटान र बाढीको क्षतिलाई रोक्न झापामा बजेट अभाव भएको छ। ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमार्फत आउने न्यून बजेटले नदीको कटान र बाढी छेक्ने तटबन्ध निर्माण अपुरो हुने गरेको छ। यसले नदी नियन्त्रण सम्भव हुन सकेको छैन। आर्थिक वर्ष २०७९/८० का लागि…

७ वर्षमा २१ किमि मात्रै तटबन्ध

कर्णाली नदी नियन्त्रण व्यवस्थापन आयोजना राजापुरले ५ वर्षमा ७३ किलोमिटर तटबन्ध निर्माण गर्ने लक्ष्य राखेको थियो । तर निर्माण थालिएको ७ वर्ष भइसक्दा २५ प्रतिशत पनि काम हुन सकेको छैन । २०७१ सालबाट सुरु भएकामा अहिलेसम्म २१ किमि मात्र तटबन्ध बनेको आयोजनाले जनाएको छ । आयोजनाका कर्मचारी र ठेकेदारको लापरबाहीका कारण निर्माणले गति लिन नसकेको स्थानीयको आरोप छ । बेलैमा तटबन्ध नबन्दा बर्सेनि कर्णाली नदीको बाढीले खेतीयोग्य जमिन कटान गर्ने क्रम बढ्दो छ ।

महाकाली नदी नियन्त्रण आयोजनाको काम सुस्त

दार्चुला । २०७० सालको बाढीपछि निर्माण शुरू भएको दार्चुला सदरमुकाम खलंगा क्षेत्रको तटबन्ध निर्माण अझै सकिएको छैन । साढे चार किलोमिटर तटबन्ध निर्माणका लागि पटक पटक म्याद थप गरिए पनि अझै अपूरो रहेको हो । जिल्लाको लेकम गाउँपालिकाको लालीदेखि व्यास गाउँपालिकाको छाङरुसम्म समेट्ने उक्त आयोजनाको अन्य क्षेत्रमा काम भए पनि सदरमुकामको दुईओटा प्याकेजमा भने बाँकी छ । सदरमुकाम खलंगा क्षेत्रको प्याकेज नं १८ र १९ मा अझै काम हुन नसकेको आयोजनाका सूचना अधिकारी इञ्जिनीयर स्मित श्रेष्ठले बताए । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म निर्माण सुस्त छ । गतवर्ष नै ठेक्का लागेका यी दुवै ठाउँमा यही साता आगामी चैत ३० गतेसम्मलाई म्याद थप गरिएको थियो । दुवै ठाउँको प्रगति पनि निराशाजनक छ । इञ्जिनीयर श्रेष्ठका अनुसार प्याकेज नं १८ रहेको सदरमुकाम पुलघाटमा २२ प्रतिशत र प्याकेज नं १९ रहेको श्रीवड क्षेत्रमा चार प्रतिशत मात्र प्रगति देखिएको छ । प्याकेज नं १८ मा गतवर्ष ९ करोड ४५ लाख ४८ हजार तथा प्याकेज नं १९ मा ११ करोड ५५ लाख ४४ हजार लागतमा निर्माण गर्नेगरी राजेन्द्र निर्माण सेवाको बोलपत्र स्वीकृत भएको थियो ।      गतवर्ष नै ठेक्का लागेका प्याकेज नं १६, १७ मा काम सम्पन्न भए पनि १८ र १९ मा समयमै काम नहुँदा प्रगति नदेखिएको हो । श्रीबगडमा गतवर्ष निर्माण शुरू गर्ने बेला महाकालीमा बाढी आएकाले प्रभावित भएको थियो । चालू आर्थिक वर्षमा पनि यी दुवै ठाउँमा समयमै काम हुने अवस्था छैन । प्याकेज नं १८ लाई पुलघाटसम्म जोड्न सकिए खलंगा क्षेत्रको साढे चार किलोमिटर पक्की तटबन्ध निर्माण पूरा हुने इन्जिनियर श्रेष्ठको भनाइ छ । २०७० सालमा सदरमुकाम खलंगामा बाढीका कारण ठूलो क्षति भएकाले सदरमुकाम जोगाउन महाकाली नदी नियन्त्रण आयोजना शुरू भएको हो । शुरूमा तीन वर्षभित्र निर्माण सक्नेगरी आयोजना शुरू गरिए पनि निर्धारित समयमा काम हुन नसकेपछि २०७६५ मंसिर ५ गते म्याद थप गरिएको थियो । संशोधित मितिमा पनि काम हुन नसकेपछि पुनः आर्थिक वर्ष २०७७/७८ सम्ममा निर्माण सक्नेगरी म्याद थप गरिएको थियो । पटकपटक म्याद थप गर्दै जाँदा पनि काम हुन नसक्दा तेस्रो पटक २०७७ मङ्सिर ९ गते पुनः म्याद थप गरी आव २०७९/८० सम्ममा सक्न समयावधि तोकिएको छ । रासस

बाढीबाट हुने क्षति न्यूनीकरणका लागि तटबन्ध निर्माण

जेठ ३१, रौतहट । बाढी, डुवान, कटानको क्षति न्यूनीकरणका लागि वाग्मती तथा लालबकैया नदीमा तटबन्धको निर्माण कार्य शुरु भएको छ ।  उच्च जोखिममा रहेका रौतहटका विभिन्न स्थानहरुमा मनसुन शुुरु हुनु अघि नै बाँध मर्मत तथा निर्माण कार्य थालिएको हो । लालबकैया र वाग्मती नदीबाट करीब २६ स्थान उच्च जोखिममा रहेको छ ।  वाग्मती नदिबाट नेपाल भारत सीमा क्षेत्रको उत्तरसम्म साढे १७ किलोमिटर बाँध उच्च जोखिममा रहेको वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए ।  उनका अनुसार ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा लगायतका स्थान उच्च जोखिममा पर्छ । नदीको बाँध निर्माण तथा मर्मतका लागि भने बजेट अभाव रहेको उनले बताए । बाँध निर्माणका लागि ४१ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने भएकाले मन्त्रालय र विभागमा पत्रचार गरीएको उनको भनाइ  छ ।  अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाईएको भएपनि अहिलेसम्म बजेट निकासा नभएका उनको गुनासो छ । वाग्मती नदीको १२ र बकैयाको १६ स्थान गरी २८ स्थानमा बाँध निर्माणको लागि उक्त रकम आवश्यक पर्ने उनले बताए ।  यस वर्ष साविकको भन्दा दोब्बर वर्षा हुने सम्भावना रहेकाले पूर्व तयारी थालिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए  ।  पूर्व तयारी अन्तर्गत सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत लगायतका कार्यको अभ्यास गराईएको उनले बताए । गौर नगरपालिका ५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना एकीकृत गरी अभ्यास गराईएको हो । बाढीको उच्च जोखिममा रौतहट रहेकाले जिल्ला विपत व्यवस्थापन समितिले पूर्व तयारीका लागि अभ्यास गरेको हो ।  विपतभन्दा पहिलेको पूर्व तयारीको अभ्यासले समस्या परेका बेला तत्काल समन्वय गरेर जनधनको क्षति कम गर्न सकिने प्रजिअ यादवले बताए ।

भुक्तानी नपाएपछि उपभोक्ता समिति आन्दोलित

कमला नदीमा बाढी नियन्त्रणका लागि बाँध निर्माण लगायतका काम गर्नेगरी बनाइएका उपभोक्ता समिति आन्दोलित भएका छन् । सम्पन्न भइसकेका कामको भुक्तानी नपाएको भन्दै उपभोक्ता समितिहरु आन्दोलित भएका हुन् ।कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतका काम गरे बापतको भुक्तानी पाउन नसकेको उनीहरुको गुनासो छ ।भुक्तानीको माग गर्दै उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडि धर्ना दिएका छन् । उपभोक्ता समिति

महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति

महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो । महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्...

महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति

महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो । महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए ।“नदीले तटबन्ध पूरै ढाकेको छ, तटबन्धमा अन्य के–कति क्षति भएको बारे यकिन भएको छैन&

बहाव बढ्दा निर्माण प्रभावित

महाकाली नदीमा एक्कासि पानीको मात्रा बढ्दा दार्चुला सदरमुकाम आसपास नदी किनारमा निर्माणाधीन पक्की तटबन्धको काम प्रभावित भएको छ । एक महिनाअघि महाकाली नगरपालिका–१ श्रीबगड क्षेत्रमा तटबन्ध निर्माण सुरु गरिएको थियो । तर काम गर्ने समयमा एक्कासि नदीमा पानीको बहाव बढ्न थालेपछि जग राख्न समस्या भएको महाकाली नदी नियन्त्रण आयोजनाले जनाएको छ ।