महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो । महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए ।“नदीले तटबन्ध पूरै ढाकेको छ, तटबन्धमा अन्य के–कति क्षति भएको बारे यकिन भएको छैन&