बाढीबाट हुने क्षति न्यूनीकरणका लागि तटबन्ध निर्माण

जेठ ३१, रौतहट । बाढी, डुवान, कटानको क्षति न्यूनीकरणका लागि वाग्मती तथा लालबकैया नदीमा तटबन्धको निर्माण कार्य शुरु भएको छ ।  उच्च जोखिममा रहेका रौतहटका विभिन्न स्थानहरुमा मनसुन शुुरु हुनु अघि नै बाँध मर्मत तथा निर्माण कार्य थालिएको हो । लालबकैया र वाग्मती नदीबाट करीब २६ स्थान उच्च जोखिममा रहेको छ ।  वाग्मती नदिबाट नेपाल भारत सीमा क्षेत्रको उत्तरसम्म साढे १७ किलोमिटर बाँध उच्च जोखिममा रहेको वाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुख अख्लाख सिद्धिकीले बताए ।  उनका अनुसार ब्रम्हपुरी, बसन्तपुर, मत्सरी, गंगापिपरा लगायतका स्थान उच्च जोखिममा पर्छ । नदीको बाँध निर्माण तथा मर्मतका लागि भने बजेट अभाव रहेको उनले बताए । बाँध निर्माणका लागि ४१ करोड ४९ लाख रुपैयाँ आवश्यक पर्ने भएकाले मन्त्रालय र विभागमा पत्रचार गरीएको उनको भनाइ  छ ।  अर्थ मन्त्रालयमा बजेट निकासाको लागि पठाईएको भएपनि अहिलेसम्म बजेट निकासा नभएका उनको गुनासो छ । वाग्मती नदीको १२ र बकैयाको १६ स्थान गरी २८ स्थानमा बाँध निर्माणको लागि उक्त रकम आवश्यक पर्ने उनले बताए ।  यस वर्ष साविकको भन्दा दोब्बर वर्षा हुने सम्भावना रहेकाले पूर्व तयारी थालिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए  ।  पूर्व तयारी अन्तर्गत सुरक्षा निकायका टोलीलाई उद्धार तथा राहत लगायतका कार्यको अभ्यास गराईएको उनले बताए । गौर नगरपालिका ५ स्थित बरहवा ताल किनारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना एकीकृत गरी अभ्यास गराईएको हो । बाढीको उच्च जोखिममा रौतहट रहेकाले जिल्ला विपत व्यवस्थापन समितिले पूर्व तयारीका लागि अभ्यास गरेको हो ।  विपतभन्दा पहिलेको पूर्व तयारीको अभ्यासले समस्या परेका बेला तत्काल समन्वय गरेर जनधनको क्षति कम गर्न सकिने प्रजिअ यादवले बताए ।

सम्बन्धित सामग्री

दोदा नदीमा तटबन्ध निर्माण हुँदै

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ। जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय मिटर लम्बाइको तटबन्ध निर्माण गरिरहेको छ। प्रशंसा भागेश्वर जेभीसँग तटबन्ध निर्माणका लागि ठेक्का सम्झौता भइ निर्माणकार्य अगाडि बढाइएको जनताको […]

दोदा नदीमा तटबन्ध निर्माण हुँदै

लालझाडी गाउँपालिका–३ स्थित दोदा नदीले बर्सेनि गर्दै आएको भूक्षय नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरिएको छ । जनताको तटबन्ध कार्यालय महेन्द्रनगरले रु पाँच करोड ९१ लाखको लागतमा दोदा नदीमा एक हजार एक सय २० सय

बस्ती र उर्बरभूमि जोगाउन दोदा नदीमा तटबन्ध निर्माण गरिँदै

कञ्चनपुरको दोदा नदीमा तटबन्ध निर्माण कार्य सुरु गरिएको छ। कटानको उच्च जोखिममा रहेको दोदामा तटबन्ध निर्माण कार्य सुरु गरिएको हो। चुरे भएर दक्षिण बग्ने दोदाले हरेक वर्षातका बेला लालझाडी गाउँपालिकामा बढि...

महाकाली नदीमा एकतर्फी तटबन्ध निर्माण रोक्न भारतलाई नेपालले पठायो कूटनीतिक नोट

महाकाली नदी एकतर्फी रूपमा गरिरहेको तटबन्ध निर्माण तत्काल रोक्न नेपालले भारतले कूटनीतिक नोट पठाएको छ ।

भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारले पहल गर्नुपर्छ : एमाले नेता भट्टराई

काठमाडौं : नेकपा एमालेका नेता राजन भट्टराईले दार्चुलास्थित महाकाली नदी किनारमा जारी भारतीय तटबन्ध निर्माण तत्काल रोक्न सरकारसँग माग गरेका छन्। भारतले नदीको धार परिवर्तनगरी तटबन्ध बनाउन थालेपछि स्थानीय नेपालीले विरोध गर्दा दुई पक्षबीच ढुंगा हानाहानसमेत भएको थियो। केही व्यक्ति घाइते पनि भए।‘भारतले महाकालीको धार परिवर्तन हुनेगरी तटबन्ध बनाउँदा सरकार मौन किन?’ भन्दै उनले प्रश्न गरेका छन। एमालेका स्थायी कमिटी सदस्य भट्टराईले भारतले महाकाली किनारमा जारी राखेको तटबन्ध निर्माण तत्क

बेलका नगरपालिकाले थाल्यो सप्तकोसी कटान तटबन्ध निर्माण

१ भदौ, उदयपुर । उदयपुरको बेलका नगरपालिकाले सप्तकोसी नदीको बाढी प्रवेश गरेर कटान गरेको झन्डै एक किलोमिटर क्षेत्रमा कटान नियन्त्रणका लागि तटबन्ध निर्माण सुरु गरेको छ । नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार केही दिनअघि मात्र बाढीले नगरको वडा नं २ ,३ र ८ का डुम्रीबोटसहितका क्षेत्रमा नदी कटानले गाउँघर असुरक्षित भएकाले नगरपालिकाले तटबन्ध निर्माण सुरु […]

नारायणी नदीमा पाँच अर्बको लागतमा तटबन्ध निर्माण शुरू

वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण शुरू गरिएको छ । तटबन्ध निर्माणका लागि पहिलो खण्डको बोलपत्र आब्हान भइसकेको छ । बाँकी चार खण्डको आउँदो दुई साताभित्र बोलपत्र आव्हान गर्ने गरी काम अघि बढाइएको छ ।  सिँचाइ विभागका महानिर्देशक शुशिलचन्द्र आचार्यका अनुसार दुई साताभित्र सबै खण्डको बोलपत्र आव्हान भइसक्ने छ । उनका अनुसार पहिलो खण्ड भरतपुर महानगरपालिका वडा नं २६ र २७ मा पर्ने पाँच किलोमिटर ६७२ मिटरको बोलपत्र भइसकेको छ ।  नारायणी नदी तटबन्ध व्यवस्थापन आयो...

महाकाली नदी बस्तीमा छिर्नबाट रोक्न अस्थायी तटबन्ध निर्माण गरिँदै

कञ्चनपुर : महाकाली नदी बस्तीमा छिर्नबाट रोक्नका लागि अस्थायी तटबन्ध निर्माण सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरू तटबन्ध निर्माणमा जुटेका छन्।भीमदत्त नगरपालिका १२ भुजेल ऐरीघाट क्षेत्रमा तारजालीमा ढुङ्गा राखेर तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। ‘पहुँच मार्ग तोडेर बस्तीमा छिरेको नदीको बहाव रोक्नका लागि तटबन्ध निर्माणको कार्य भइरहेको छ&rsquo

खोरिया गाउँमा नदी कटान क्षेत्रको अस्थायी तटबन्ध निर्माण सुरु

‘तटबन्ध नभएको ठाउँमा नदीले कटान गर्दै गाउँतिर धकेल्न थालेको छ,’ स्थानीय राम मिलन कोरीले भने, ‘चाँडै तटबन्ध निर्माण नगरिए नदी गाउँमा पस्नबाट अब कसैले रोक्न सक्दैन।’ ४ वर्षअघि नदी गाउँमा पसेर गाउँ नै डुबानमा परेको थियो।...

बाढीको कहर : विद्यालय जोगाउन  जोगाउन तटबन्ध निर्माण

मनाङको सदरमुकाम चामेमा रहेको लोकप्रीय माविलाई बाढीबाट जोगाउन तटबन्ध निर्माण  गरिएको छ । नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीय  बिहीबार बिहानदेखि तटबन्ध निर्माणमा जुटेको  सशस्त्र प्रहरी बल नम्बर ३२...