महाकाली नदी नियन्त्रण आयोजनाको काम सुस्त

दार्चुला । २०७० सालको बाढीपछि निर्माण शुरू भएको दार्चुला सदरमुकाम खलंगा क्षेत्रको तटबन्ध निर्माण अझै सकिएको छैन । साढे चार किलोमिटर तटबन्ध निर्माणका लागि पटक पटक म्याद थप गरिए पनि अझै अपूरो रहेको हो । जिल्लाको लेकम गाउँपालिकाको लालीदेखि व्यास गाउँपालिकाको छाङरुसम्म समेट्ने उक्त आयोजनाको अन्य क्षेत्रमा काम भए पनि सदरमुकामको दुईओटा प्याकेजमा भने बाँकी छ । सदरमुकाम खलंगा क्षेत्रको प्याकेज नं १८ र १९ मा अझै काम हुन नसकेको आयोजनाका सूचना अधिकारी इञ्जिनीयर स्मित श्रेष्ठले बताए । चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म निर्माण सुस्त छ । गतवर्ष नै ठेक्का लागेका यी दुवै ठाउँमा यही साता आगामी चैत ३० गतेसम्मलाई म्याद थप गरिएको थियो । दुवै ठाउँको प्रगति पनि निराशाजनक छ । इञ्जिनीयर श्रेष्ठका अनुसार प्याकेज नं १८ रहेको सदरमुकाम पुलघाटमा २२ प्रतिशत र प्याकेज नं १९ रहेको श्रीवड क्षेत्रमा चार प्रतिशत मात्र प्रगति देखिएको छ । प्याकेज नं १८ मा गतवर्ष ९ करोड ४५ लाख ४८ हजार तथा प्याकेज नं १९ मा ११ करोड ५५ लाख ४४ हजार लागतमा निर्माण गर्नेगरी राजेन्द्र निर्माण सेवाको बोलपत्र स्वीकृत भएको थियो ।      गतवर्ष नै ठेक्का लागेका प्याकेज नं १६, १७ मा काम सम्पन्न भए पनि १८ र १९ मा समयमै काम नहुँदा प्रगति नदेखिएको हो । श्रीबगडमा गतवर्ष निर्माण शुरू गर्ने बेला महाकालीमा बाढी आएकाले प्रभावित भएको थियो । चालू आर्थिक वर्षमा पनि यी दुवै ठाउँमा समयमै काम हुने अवस्था छैन । प्याकेज नं १८ लाई पुलघाटसम्म जोड्न सकिए खलंगा क्षेत्रको साढे चार किलोमिटर पक्की तटबन्ध निर्माण पूरा हुने इन्जिनियर श्रेष्ठको भनाइ छ । २०७० सालमा सदरमुकाम खलंगामा बाढीका कारण ठूलो क्षति भएकाले सदरमुकाम जोगाउन महाकाली नदी नियन्त्रण आयोजना शुरू भएको हो । शुरूमा तीन वर्षभित्र निर्माण सक्नेगरी आयोजना शुरू गरिए पनि निर्धारित समयमा काम हुन नसकेपछि २०७६५ मंसिर ५ गते म्याद थप गरिएको थियो । संशोधित मितिमा पनि काम हुन नसकेपछि पुनः आर्थिक वर्ष २०७७/७८ सम्ममा निर्माण सक्नेगरी म्याद थप गरिएको थियो । पटकपटक म्याद थप गर्दै जाँदा पनि काम हुन नसक्दा तेस्रो पटक २०७७ मङ्सिर ९ गते पुनः म्याद थप गरी आव २०७९/८० सम्ममा सक्न समयावधि तोकिएको छ । रासस  

सम्बन्धित सामग्री

दार्चुलाबाट सर्यो महाकाली नदी नियन्त्रण आयोजना

खलंगा – दार्चुलामा रहेको महाकाली नदी नियन्त्रण आयोजना बैतडीको पाटन सरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको यो आयोजना नाम परिवर्तन भएर बैतडी सरेको हो। सोमबार आयोजना प्रमुखसहित कर्मचारी बैतडीको पाटन हिँडेका छन् भने दार्चुलामा सम्पर्क कार्यालय रहने गरी कार्यालयका खरिदार गीता जोशीलाई सम्पर्क व्यक्ति तोकेर हाललाई खटाइएको आयोजना प्रमुख दिनेशप्रसाद आचार्यले बताए। गत […]

महाकाली नदी नियन्त्रण आयोजना : दुईवटा प्याकेजमा निर्माण कार्य सुस्त

०७० सालको बाढिपछि निर्माण सुरु भएको दार्चुला सदरमुकाम खलंगा क्षेत्रको तटबन्ध निर्माणको काम अझै सकिएको छैन् । आर्थिक वर्ष ०७०/०७१ मा सुरु गरिएको साढे चार किलोमिटर तटबन्ध निर्माणको काम अझै...

महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति

महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो । महाकालीमा आएको वहाबका कारण राजेन्द्र निर्माण सेवाले निर्माण गरिरहेको तटबन्ध निर्माण क्षेत्रको मिक्सर मेसिन, छड, सरिया, सिमेन्ट, फर्मालगायतका सामग्री नदीले बगाएको महाकाली नदी नियन्त्रण आयोजना प्रमुख शोभाकर पौडेलले बताए ।“नदीले तटबन्ध पूरै ढाकेको छ, तटबन्धमा अन्य के–कति क्षति भएको बारे यकिन भएको छैन&

महाकालीबाट बालुवा उत्खननमा रोक

दार्चुला सदरमुकाम खलंगा क्षेत्रको महाकाली नदी किनारबाट बालुवा निकाल्न रोक लगाइएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले तटबन्धको छेउछाउबाट बालुवा झिक्ने काम नगर्न सूचना जारी गरेको छ । नदी नियन्त्रण आयोजनाले पटकपटक तटबन्धको संरचना क्षेत्रबाट मनोमानी ढंगले बालुवा थुपार्ने, ढुङ्गा गिट्टी उत्खनन गर्ने÷गराउने काम नगर्न अनुरोध गरेपनि नदी जन्य स्रोतको दोहन रोकिएको छैन् । जेसेवि, एस्काइभेटर र ट्याक्टरहरु नदी किनार सम्म लगेर बालुवा थुपार्ने, ढुङ्गा गिट्टी उत्खनन गर्ने कार्यहरुले निर्माणधिन तटबन्धमा क्षती भइरहेको महाकाली नदी नियन्त्रण आयोजना दार्चुलाका प्रमुख शोभाकर पौडेलले बताउनुभयो । तटबन्ध संरचनालाई असर पर्ने ढंगले नदीजन्य स्रोतको दोहन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने उहाँको भनाई छ ।