जुम्ला – ‘सर म यो हिउँको सिजनमा पनि सुत्न पाइनँ, कपडा पूरै पानीले भिजेका छन् । तीन वर्षदेखि फराकिलो तरिकाले सुत्न पाएको छैन । छोराछोरी ठूला भइसके, त्यो टहरामा नअट्ने भइसक्यो । मेरो कोही भगवानले सानो घर लगाइदिन्छ कि ?’, जुम्लाको गुठीचौर ५ फोइगाउँकी ४० वर्षीया बिजमाया जैसीले गुनासो पीडा पोख्नुभयो ।
पत्रकार महासङ्घ जुम्लामा आउनुभएकी बिजमायाको परिवारको कथा कठिन छ । उहाँ तीन वर्षदेखि आवासका लागि महासङ्घ मात्रै नभई सम्बन्धित निकायमा धाइरहनुभएको छ । तीन वर्षअघि हिमपातले घर भत्किएपछि उहाँ गाउँले...