धनगढी : डोटीमा पूर्वमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिएका छन्। डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन्। खड्का मैदानमा आएपछि सहजै जित्ने आशमा रहेका सत्ता गठबन्धनका उम्मेदवार आलेका लागि भारी पर्ने सम्भावना देखिएको छ।डोटीमा एकीकृत समाजवादीका नेता आलेलाई गठबन्धनले आफ्नो शसक्त उम्मेदवारका रुपमा खडा गरेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाका विश्वास पात्र मानिएका कांग्रेस सुदूरपश्चिमका स