काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको रुकुम पश्चिममा प्रतिनिधिसभामा त्रिपक्षीय भिडन्त हुँदैछ।सत्ता गठबन्धनबाट नेकपा माओेवादी केन्द्रका जनार्दन शर्मा, नेकपा एमालेबाट नन्दलाल देवकोटा र स्वतन्त्रबाट ३३ वर्षीय युवा तारक केसी उम्मेदवार छन्।केसीले कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्। उक्त क्षेत्रमा गठबन्धनका शर्मा र स्वतन्त्र उम्मेदवार केसीबीच मुख्य प्रतिस्पर्धा हुँदै छ।पहिलो संविधानसभा निर्वाचन २०६४ सालदेखि निरन्तर चुनाव जित्दै आएका अर्थमन्त्रीसमेत रहेका शर्माका लागि यस