काठमाण्डाै - इङ्ग्ल्यान्डसँगको पाँचौँ टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ । गएराति लाहोरमा भएको खेलमा पाकिस्तान ६ रनले विजयी भयो । पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्रै बनाउन सक्यो ।
इङ्ग्ल्यान्ड कप्तान मोइन अलीले अविजित ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । पाकिस्तानका हरिस राउफले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो ।
पाकिस्तानका लागि मोहम्मद रि...