भेट्रान्स टेनिसमा राप्रपाका पूर्व अध्यक्ष कमल थापाको जोडी विजयी

काठमाडौं । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा भएको १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी कमल थापाको टिमले उपाधि हात पारको छ । ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता“को ५५ बर्ष समुह डबल्सको रोमाञ्चक फाईनल खेलमा कमल थापा र झाम्पा ढुन्डुपको जोडी बिजयी भएको हो । कृष्ण घले […]

सम्बन्धित सामग्री

ओलीकाे विरोध गरेको भन्दै लिङ्देनविरुद्ध खनिए थापा

मकवापनुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का एमाले उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापा आफ्ना पुराना सहकर्मी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनविरुद्ध आक्रामक बनेका छन्। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आयोजित अन्तिम चुनावी सभालाई सम्बोधन...

मकवानपुर–१ को त्रिपक्षीय भिडन्त‚ यस्तो छ चुनावी अंकगणित

हेटौंडा : निर्वाचन आउन ४ दिन मात्रै बाँकी हुदा कसले कहाँ बाजी मार्ला भन्ने अड्कलबाजी हुन थालेको छ। मंसिर ४ गते हुने निर्वाचन मकवानपुरको क्षेत्र १ मा रोचक हुने देखिएको छ। दुईजना हेभिवेटको बीचमा स्थानीय चुनावमा लोकप्रिय मत पाएका राप्रपाका उम्मेदवारको प्रतिस्पर्धा रोचक हुने देखिएको हो।१६ जनाको उम्मेदवारी परेको सो क्षेत्रमा नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, राप्रपा नेपालको अध्यक्ष कमल थापा र राप्रपाका दीपक सिंहबीचको प्रतिस्पर्धालाई चासोको साथ हेरिएको छ।डिना

‘हाँसो लाग्छ’ भन्दै ‘भाइ’हरुमाथि खनिए कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापा विगतमा आफ्नो छत्रछायामा राजनीति गरेका राप्रपाका नेताहरूमाथि खनिएका छन् । विगतमा आफ्नो कार्यकर्ताको हैसियतमा रहेकाहरुले अहिले आफूलाई गालीको वर्षाको गरेको भन्दै उनले आक्रोश पोखेका हुन् । राप्रपाबाट बाहिरिएर थापाले राप्रपा नेपाल बनाएका थिए । आफूले राप्रपा नेपाल बनाएपछि पूर्व पार्टीका ‘भाइहरु’ले आफूमाथि गालीको वर्षा गरेको बताउँदै थापाले भने, ‘२०६३–६४ ताका ‘मरेको लाश नबोकौँ दाइ’ भनेर सल्लाह दिने भाइरु अहिले पार्टी कब्जा गरेर मल

अध्यक्ष भएका थापालाई लिङदेनले दिए शुभकामना

काठमाडौं, १ फागुन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी पाएका कमल थापालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटर मार्फत लिङदेन शुभकामना व्यक्त गरेका हुन् । ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई तथा […]

राप्रपामा कमल थापा पक्षको छुट्टै भेला ,वरिष्ठ नेता सहभागी

काठमाडौँ । राप्रपाका पूर्व अध्यक्ष कमल थापा पक्षको छुट्टै भेला काठमाडौँमा सुरु भएको छ । चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा आज (सोमबार) दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् । महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्व अध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ […]

नयाँ पार्टीको गृहकार्यमा कमल थापा, काठमाडौंमा गरे कार्यक्रम

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापा नयाँ पार्टीको गृहकार्यमा लागेका छन् ।  सोहीअनुरुप उनले आज राप्रपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूसँग काठमाडौंमा भेटघाट गरेका छन् ।  भेटघाटमा उपाध्यक्षद्वय बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, महामन्त्री कुन्ती शाहीलगायतको उपस्थिति थियो ।  थापाले राप्रपाको महाधिवेशनमा पूर्वराजाको हस्तक्षेप भएको भन्दै छानबिन गर्न माग गर्दै आएका छन् ।  तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन भने छानबिनका लागि तयार छैनन् ।  लिङदेनलाई दुई पटक पत्...

देशव्यापी अभियानमा निस्किँदै कमल थापा, आधार पत्र तयार गर्दै

राप्रपाका पूर्व अध्यक्ष कमल थापा अब देश दौडाहामा निस्किने भएका छन् । संवर्द्धनवादको विषयलाई लिएर थापाले देशव्यापी अभियान सञ्चालन गर्न लागेका हुन् । केही दिनअघि एक टेलिभिजन अन्तरवार्ताका दौरान थापाले आफूले देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिएका थिए । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार थापाले अभियान सञ्चालनका लागि आधार पत्र तयार गरिरहेका छन् । ‘पोखरामा टेनिस खेलमा सहभागी भएपछि वहाँ अहिले हेटौँडामा हुनुहुन्छ । हेटौँडाबाट फर्किएपछि अभियानको बारेमा विस्तृत जानकारी दिने बताउनुभएको

सपथग्रहण समारोहमा कमल थापा अनुपस्थित

अध्यक्षमा पराजित राप्रपाका तत्कालिन अध्यक्ष कमल थापा नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा सहभागी भएनन् । थापा अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएका थिए ।मत परिणाम सार्वजनिक भएपछि आइतबार दिउँसो आयोजित महाधिवेशन समापन तथा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्षद्धय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने सहभागी भएका थिए ।

अध्यक्ष लिङ्देनसहित राप्रपाका नवनिर्वाचित पदाधिकारीहरुले लिए शपथ

काठमाडौँ- राप्रपाको अध्यक्ष पदमा निर्वाचित राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन्। शपथ ग्रहणमा निवर्तमान अध्यक्ष कमल थापा भने पुगेनन्। उपाध्यक्षमा निर्वाचित विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र रोशन कार्कीले पनि शपथ लिएका छन्। महामन्त्रीमा निर्वाचित धवलशमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीले पनि शपथ लिएका छन्। त्यस्तै, निर्वाचित केन्द्रीय सदस्यहरुले पनि शपथ ग्रहण […]

अब राजेन्द्र लिङ्देनको पालो : राणा

राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीले लिएको एजेण्डा सही हुँदाहुँदै पनि नेतृत्व सही नभएकोले आफूहरुले यसपटकको एकता महाधिवेशनमा युवा नेतृत्व ल्याउन लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राणाले पार्टीले सही एजेण्डा बोक्दाबोक्दै पनि आज उचित राजनीतिक स्थान नपाएको अवस्था सुनाए ।उनले अध्यक्ष कमल थापा आफ्नो […]