अब राजेन्द्र लिङ्देनको पालो : राणा

राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टीले लिएको एजेण्डा सही हुँदाहुँदै पनि नेतृत्व सही नभएकोले आफूहरुले यसपटकको एकता महाधिवेशनमा युवा नेतृत्व ल्याउन लागेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राणाले पार्टीले सही एजेण्डा बोक्दाबोक्दै पनि आज उचित राजनीतिक स्थान नपाएको अवस्था सुनाए ।उनले अध्यक्ष कमल थापा आफ्नो […]

सम्बन्धित सामग्री

मिश्र र लिङ्देनले अब देशको निकास दिन्छन् : राणा

काठमाडौँ- राप्रपाका निवर्तमान अध्यक्ष पशुपति शमशेर राणाले अब पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन  र रवीन्द्र मिश्रले देशमा नयाँ सिराबाट राजनीति गर्ने विश्वास व्यक्त गरेका छन् । अबको निर्वाचन देशको भाग्य निर्धारण गर्ने मौका भएकाले सदुपयोग गर्न उनले सर्वसाधारणलाई आग्रह पनि गरे । उनले भने, ‘हामीहरु अरु पार्टी जस्तै बनेर जानु हुँदैन हामीले देशका लागि प्रस्ट भिजन […]

एमाले–राप्रपा तालमेलको प्रयास, १० सिटमा राप्रपाको दाबी

एमालेको साथ पाएको अवस्थामा झापामा राजेन्द्र लिङ्देन, सिन्धुपलाञ्चोकमा पशुपति शमशेर राणा, चितवनमा विक्रम पाण्डे,  बाँकेमा धवलशमशेर,  दैलेखमा कुन्ती शाहीलगायतका नेता  निर्वाचित हुनसक्ने राप्रपाका नेताहरूको दाबी छ ।

देश चलाउन ठूला दल असफलः राप्रपा

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा शुक्रबार राजधानीमा भएको सभामा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोटालगायत जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र ...

राजेन्द्र लिङ्देन र रवीन्द्र मिश्रबीच भेटवार्ता, पार्टी एकताको विषयमा छलफल

अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार विहान उहाँकै निवास पुग्नुभएको हो ।

एकताको प्रस्ताव बोकेर रवीन्द्र मिश्र भेट्न पुगे राप्रपा अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न शुक्रबार बिहान उनकै निवासमा पुगेका हुन् । सो क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा.राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए । ‘समान विचारधारा भएकाहरूसँग

हस्याङ फस्याङ गर्दै मतगणनास्थलमा आएका राणा अनि फूलमालाले ढाकिए (फोटोफिचर)

काठमाडौं, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा धवलशमशेर राणा विजयी भएका छन्। अध्यक्ष निर्वाचित राजेन्द्र लिङ्देन प्यानलका राणा २२२१ मत ल्याएर विजयी भएका हुन्। उनले थापा प्यानलका भास्कर भद्रालाई हराएका हुन्। पराजित भद्राले १५६७ मत ल्याएका छन्।

राप्रपा पदाधिकारीमा को–को भए विजयी ? (मतपरिणामसहित)

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी हुँदा उपाध्यक्षको ४ पदमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएका छन् । यस्तै महामन्त्रीमा महिलातर्फ कुन्ती शाही विजयी भएकी छन् । यस्तै खुल्लातर्फ धवल शमशेर राणा र भुवन पाठक विजयी भएका छन् । राप्रपाको अध्यक्षसहित पदाधिकारीमा उपाध्यक्षतर्फ ४ र महामन्त्रीमा ३ पदमा निर्वाचन भएको थियो । मतपरिणाम हेर्नुहोस्

राजेन्द्र–धवलको प्यानल घोषणा

राप्रपाको नयाँ नेतृत्वका लागि राजेन्द्र लिङ्देन समूहले पदाधिकारीको प्यानल घोषणा गरेको छ । जसको महामन्त्रीमा डा धवलशमशेर राणा रहेका छन् । लामो समय राजेन्द्र–धवलबीचको छलफलबाट युवाहरुको प्रतिनिधित्व गर्दै राजेन्द्र अध्यक्षमा चुनाव लड्ने टुंगो लागेको थियो । बिहीबार नेतृत्वमा चुनाव हुने भएपछि राजेन्द्र- धवल समूहले पदाधिकारीमा लड्ने नेताहरुको टुंगो लगाएको हो । जसअनुसार उपाध्यक्षमा बिक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ ।  यस्तै महामन्