राप्रपाका पूर्व अध्यक्ष कमल थापा अब देश दौडाहामा निस्किने भएका छन् । संवर्द्धनवादको विषयलाई लिएर थापाले देशव्यापी अभियान सञ्चालन गर्न लागेका हुन् । केही दिनअघि एक टेलिभिजन अन्तरवार्ताका दौरान थापाले आफूले देशव्यापी अभियान सञ्चालन गर्ने जानकारी दिएका थिए । राप्रपा नेता राजाराम बर्तौलाका अनुसार थापाले अभियान सञ्चालनका लागि आधार पत्र तयार गरिरहेका छन् । ‘पोखरामा टेनिस खेलमा सहभागी भएपछि वहाँ अहिले हेटौँडामा हुनुहुन्छ । हेटौँडाबाट फर्किएपछि अभियानको बारेमा विस्तृत जानकारी दिने बताउनुभएको