दोलखास्थित चरिकोट–मुडे सडक विस्तार समयमै नसकेको भन्दै स्थानीयले गत शनिबार सार्वजनिक सवारीमा मन्त्रीदेखि सचिवसम्मका फोटो टाँसेर विरोध जनाए । उक्त सडक विस्तारको जिम्मा शंकरमाली निर्माण सेवाले पाएको छ । ६ वर्षसम्म काम अलपत्र पारेको भन्दै स्थानीयले कारबाही गर्ने निकाय भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव, सचिव रवीन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको पनि फोटो टाँसेर विरोध गरे । लामोसाँघु–जिरी सडकअन्तर्गतको उक्त खण्डको काम भारतीय एक्जिम बैंकको ऋण सहयोगमा थालिएको हो ।