समयमै योजना सम्पन्न गर्न मन्त्री चौधरीको निर्देशन

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको निर्देशनमा मन्त्रीसहित आएको मन्त्रालयको टोलीले ५२ किलोमिटर सडक र बरहवा तालको निर्माणको ठेक्का लिएको निर्माण कम्पनीका साथै सरोकारवालालाई एक ठाउँमा राखेर चाँडै काम सम्पन्न गर्न निर्देशन दिएको छ।...

सम्बन्धित सामग्री

समयमै योजना सम्पन्न गराउन स्थानीय तहको सक्रियता

राँझा । बाँकेका स्थानीय तहले निर्माणाधीन योजना समयमै सम्पन्न गराउन सक्रियता देखाएका छन् । स्थानीय तहमा सञ्चालित तथा निर्माणाधीन योजना समयावधिमै सम्पन्न गराउन अनुगमनमा तीव्रता दिएका छन् । दैनिकजसो योजना अनुगमन गरी समयमै काम सम्पन्न गर्न ठेकेदार कम्पनी र उपभोक्ता समितिलाई आवश्यक निर्देशन दिने कार्य भइरहेको जानकी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिनुभयो । […]

योजना छनोटमा जुटे स्थानीय पालिका

कैलाली । कैलालीका स्थानीय तह आगामी वर्षका लागि योजना छनोटमा जुटेका छन् । असारमा नगर तथा गाउँसभामार्फत बजेट ल्याउन स्थानीय तह बस्तीस्तरका योजना छनोटमा जुटेका हुन् । योजना छनोटका लागि बस्तीस्तर, गाउँ र वडामा भेला गर्न नसक्ने अवस्था भए पनि नागरिकसँग सुझाव लिने कार्य थालेका छन् ।       कैलालीका पालिकाले यतिखेर सामाजिक सञ्जाल, टेलिफोन र इमेलमार्फत सुझाव दिन र योजना माग गर्न नागरिक तथा संघसंस्थालाई अपिल गरेका छन् । टीकापुर नगरपालिकाले टेलिफोन र इमेलमार्फत सुझाव दिन नगरवासीलाई सूचना गरेको छ । ‘संघसंस्थालाई आफ्ना माग पेश गर्नसमेत सूचना गरिएको छ । विगतझैं बृहत् छलफल गर्न कठिन छ, तर समयमै योजना ल्याउन विकल्प खोजेर छनोटमा जुट्ने तयारी भएको छ,’ नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘विगतमा आठ चरणमा छलफलपछि योजना छनोट गरिन्थ्यो । हामीले नगरको आर्थिक स्रोतको पहिचान गरेर वडालाई बजेटको खाका दिने कार्य टुंग्याउन थालेका छौं, अब वडास्तरमा छलफल शुरू हुन्छ ।’      नगरपालिकाले यही जेठ ३१ गतेसम्म वडालाई योजना छनोट गरेर नगरपालिकामा पेश गर्न निर्देशन दिएको छ । वडाले टोल, वडा भेला गरेर बजेट बनाउन कठिन भएकाले टोलको प्रतिनिधित्व हुनेगरी बडघर तथा अगुवा बोलाएर योजना छनोट गर्ने तयारीमा जुटेको टीकापुर–१ का वडाध्यक्ष गंगाराम आचार्यले बताए । जानकी गाउँपालिकाले समेत समयमै बजेट ल्याउन योजना छनोट कार्य शुरू गर्ने तयारी थालेको छ । गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले गतवर्ष प्राथमिकतामा परेका योजना, वडामा दूरी कायम गरेर छलफल गरेर योजना ल्याउन वडासमिति सक्रिय भएका बताए । ‘बजेट समयमै ल्याउने तयारी छ । वडामा सबै टोलको प्रतिनिधित्व हुनेगरी अगुवाहरू राखेर योजनाबारे छलफल गरेर टुंगो लगाउनेछौं,’ अध्यक्ष चौधरीले भने । स्थानीय सरकारले नीति कार्यक्रम र बजेट ल्याउने समयावधि अब १२ दिनमात्र बाँकी छ । कानूनी रूपमा आगामी असार १० गतेसम्म नीति तथा कार्यक्रम र बजेट परिषद्मा टेबल गर्नुपर्ने प्रावधानअनुसार स्थानीय तह जुटेका छन् । भजनी नगरपालिकाले पनि स्वास्थ्य मापदण्ड पूरा गरेर कमभन्दा कम नागरिक भेला गरेर योजना छनोट गर्ने गरी काम थालेको नगरप्रमुख शेरबहादुर चौधरीले बताए । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएपछि एकातिर चालू वर्षका योजना सम्पन्न गर्नुपर्ने, अर्कोतर्फ आगामी वर्षका योजना छनोटको चाप स्थानीय तहलाई छ । महामारीको जोखिम भए पनि विकास निर्माणका कार्य र कार्यालयका अत्यावश्यक सेवा सञ्चालन राखेका यहाँका पालिका नीति तथा कार्यक्रम र बजेटको समय नजिकिँदै गर्दा कामको चाप बढेको बताउँछन् । कोरोना महामारीले कैलालीमा २०० भन्दा बढीको ज्यान गएको छ । महामारीको पीडा भोगेका यहाँका पालिकाले आगामी वर्षको नीति कार्यक्रम र बजेटलाई कोभिड नियन्त्रणमा केन्द्रित गर्ने बताएका छन् । सबैजसो पालिकाले उत्पादन र रोजगारी वृद्धि र स्वास्थ्य सचेतना, उपचारलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्ने भएका छन् । रासस