फास्ट ट्र्याक निर्माणमा अन्तरमन्त्रालय समन्वय गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ– तराई/मधेश द्रुतमार्ग निर्माण कार्यमा सरकारका सरोकारवाला मन्त्रालयहरुबीच समन्वय गर्न संसदीय समितिले निर्देशन दिएको छ। बुधबार बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकले सरकारवाला मन्त्रालयहरुका बीचमा समन्वय नहुँदा काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणको काम प्रभावित भएको भन्दै अन्तरमन्त्रालय समन्वय गर्न निर्देशन दिएको हो। समितिले ठेक्का प्राप्तिको व्यवस्थापन, डिजाइनअनुसारको थप जग्गा अधिग्रहण तथा रुख कटानलगायतको समस्या […]