आयोजना निर्माणका लागि साउनभित्रै कार्यविधि निर्माण गर्न र कात्तिकभित्रै ठेक्का सम्झौता गरिसक्न अर्थ मन्त्रालयले सबै मन्त्रालय तथा निकायलाई निर्देशन दिएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट कार्यान्वयन सम्बन्धमा ८१ बुँदे मार्गदर्शन जारी गर्दै बिहीबार मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।