उपत्यकामा ट्राफिक प्रहरीले मोटरसाइकलमा राखिएको स्ट्याण्ड हटाउन थालेको छ । प्रचलित कानुन विपरीत मोटरसाइकलको मोडिफाई हुनेगरि मोबाइल स्ट्याण्ड राखिएको भन्दै ट्राफिक प्रहरीले मोबाइल स्ट्याण्ड हटाउने अभियानको थालनी गरेको हो । यस्तो अभियानमा ट्राफिक प्रहरीले एक हजार रुपैयाँसम्म चिट काट्न थालेको छ । तर, यता यस्तो अभियानले राइडरहरु मारमा परेका छन् । लोकेसन म्यापिङको सहजताका लागि मोटरसाइकलमा राख्ने गरिएको स्ट्याण्ड हटाउँदा समस्या आएको गुनासो राइडरहरुबाट आएको छ । अझ बढी टुटल, पठाओ, जायर जस्ता राइड से