काठमाण्डाै – काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका बसलाई कारबाही तथा सचेत गराउने काम सुरु गरेकाे छ ।
यही साउन ४ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्याबसन, एनप्याबसन, हिसान र अभिभावक सङ्घबीच स्कुल बस निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो । आज आइतवार विभिन्न स्कुलका बस जाँच गर्ने क्रममा निर्देशिका विपरीतका काम गरेकाे पाइएकाले कारबाही गरिएकाे ट्राफिक प्रहरीले जनाएकाे छ ।
...