डा. कुलबहादुर घिसिङलाई कुटपिट गर्ने ललितपुरका ट्राफिक प्रहरी राजेन्द्र थापालाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । आइतबार संघका आजीवन सदस्य डा. घिसिङ पैदल हिँडिरहेको अवस्थामा थापाको कुटपिटबाट गरी घाइते भएका थिए । सुरक्षाकर्मीको आचरण र मूल्य मान्यता विपरीत जिम्मेवार ट्राफिक प्रहरीले चिकित्सकको परिचयपत्र देखाउँदा समेत हातपात गरी स्वास्थ्य सेवा प्रवाहमा समर्पित एकजना जिम्मेवार चिकित्सकलाई घाइते बनाउनु ज्यादै नै लज्जास्पद घटना भएको संघले बताएको छ । विज्ञप्तिमा भनिएको छ, सुरक्ष