ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व

 प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ । गत आवमा सवारी नियम उल्लंघन गर्नेलाई कारबाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।चालक तथा सर्वसाधारणलाई सवा

सम्बन्धित सामग्री

छ महिनामा १० लाख ५२ हजार बढी सवारीसाधन कारबाहीमा, ७९ करोड बढी राजश्व संकलन

काठमाडौँ, २८ माघ । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारीसाधनलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको जनाइएको छ । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट […]

ट्राफिक प्रहरीले ६ महिनामै जरिवानाबाट असुल्याे झण्डै ८० कराेड

चालु आर्थिक वर्षको पहिलाे ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन भएको छ ।

ट्राफिक प्रहरीद्वारा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । काठमाडौं उपत्यका […]

ट्राफिक नियम उल्लंघन गर्नेबाट दुई करोड राजस्व संकलन

नवलपुर– ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई करोडभन्दा बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व संकलन गरेको हो ।   गत आर्थिक वर्षमा मा ३१ हजार […]

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट रु दुई करोड राजस्व सङ्कलन

नवलपुर । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षमा मा ३१ […]

ट्राफिक नियम उल्लङ्घन गर्नेबाट रु दुई करोड राजस्व सङ्कलन

काठमाडौँ,३ साउन । ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले रु दुई करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७८÷७९ मा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई गरिएको कारबाहीमा ट्राफिक प्रहरीले रु दुई करोड ११ लाख ८१ हजार ५०० राजस्व सङ्कलन गरेको हो । गत आर्थिक वर्षमा मा […]

काठमाडौंमा सवारी कारबाहीबाट ३३ करोड राजस्व संकलन

काठमाडौं : काठमाडौं ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुबाट एक वर्षमा ३३ करोड भन्दा बढी राजस्व उठेको छ।गत आर्थिक वर्ष ०७८/७९ मा कारबाहीमा परेका ५ लाख ५ हजार ५९७ सवारी चालकबाट ३३ करोड १३ लाख ६८ हजार २१८ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जनाएको छ।लेन अनुशासन पालना नगरेका, मादक पदार्थ सेवन गरेका, तीव्र गति र रातो बत्ती पालना नगरेका सवारी चालक कारबाहीमा पर्ने गरेका छन्। भाडा ठगी तथा अनियमितता गर्ने १० हजार २९५ जना कारबाहीमा परेका ट्राफिक प्रहरीले जनाएको छ।एक वर्षको अव

६ महिनामा सवारी कारबाहीबाट पौने २ करोड राजस्व संकलन

सुर्खेत – कर्णाली प्रदेशमा ट्राफिक नियम उल्लंघन गर्ने सवारी कारबाहीबाट छ महिनामा पौने २ करोड राजस्व संकलन भएको छ ।कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूबाट ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म २० हजार ५ सय १ कारबाहीबाट १ करोड ७१ लाख ९७ हजार पाँच सय राजश्व संकलन गरेको हो । कर्णाली प्रदेश प्रहरील मंगलबार सार्वजनिक गरेको […]

ट्राफिक प्रहरीले उठायो १९ करोड राजस्व, बढी भाडा असुल्ने सवारीमाथि कारवाही तीव्र

साउन ६, वीरगञ्ज । प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयले गत आर्थिक वर्ष (आव) २०७७/ ७८ मा १९ करोड रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।  गत आवमा सवारी नियम उललंघन गर्नेलाई कारवाही गरेर १९ करोड १६ लाख ३७ हजार रुपैयाँ राजस्व उठाइएको प्रदेश नं २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले जानकारी दिए ।  भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।  चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढी सर्वसाधारणको सहभागिता रहेको पनि जैसवारले बताए ।  ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारी साधन पक्राउ गरेर कारवाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा टयाक्टर समातिएको श्रेष्ठले बताए ।  कारवाहीका लागि पठाइएका यस्ता सवारी साधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।  ३ हजार ९८३ ओटा सवारी दुर्घटना : गत वर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारी साधन ती दुर्घटनामा परेका छन् ।  बढी भाडा असुल्नेलाई कारवाही : चालु आव २०७८/ ७९ को शुरूआतसँगै यात्रुसित बढी भाडा असुल्ने सवारी साधनमाथि कारवाही तीव्र पारेको छ । कोरोना महामारीका कारण सवारीका साधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएकोभन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ ।  प्रदेश ट्राफिकले यही साउनको २ र ४ गते गरेको चेकजाँचका क्रममा ३० ओटा सवारी साधनले यात्रुसँग तोकिएभन्दा बढी भाडा लिएको भेटिएको प्रहरी नायव उपरीक्षक जैसवारले जानकारी दिए । सवारी सञ्चालकले लिएको बढी भाडा यात्रुलाई फिर्ता गराइएको पनि उनले बताए । बढी भाडा असुल्ने सवारी साधनलाई जरीवाना तिराएर छोडिएको ट्राफिक प्रहरीले बताएको छ । सरकारले हालै भाडा समायोजनमार्फत अन्तरप्रदेश सवारी भाडादर २८ प्रतिशत र ढुवानीमा २६ प्रतिशतसम्म भाडा बढाएको छ ।