काठमाण्डाै – महानगरीय ट्राफिक प्रहरी महाशाखाले घुस लिन अस्वीकार गर्ने एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १८ जना ट्राफिक प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा समेत सहयोग हुने गरी अभिलेखमा गनिने गरी पुरस्कृत गरेको छ ।ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई घुस दिन खोज्नेहरूलाई ट्राफिक प्रहरीले उल्टै कारबाही गर्ने गरेको महाशाखाको दाबी छ ।महाशाखाले यसै आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा ...